वाम गठबन्धनले एकदलीय शासन लाद्न खोजेको प्रधानमन्त्री देउवाको आरोप
कैलाली (लम्की), २९ कात्तिक । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा कम्युनिस्टहरुको गठबन्धनले एकदलीय शासन लाद्न खोजेको आरोप लगाएका छन्।
बुधबार कैलालीको लम्कीमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री देउवाले आसन्न निर्वाचन लोकतान्त्रिक गणतन्त्र पक्षधर र निरंकुश अधिनायकवाद बीचको लडाइँ भएको ...




















