सदाचार नीति कुल्चँदै प्रधानमन्त्री, बुझाएनन् सम्पत्ति विवरण
काठमाडौं । प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हाल्दा सदाचार नीति ल्याउने पहिलो निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले ६२ दिनसम्म पनि सम्पत्ति विवरण बुझाएका छैनन् । निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाएर प्रधानमन्त्रीले भ्रष्टाचार निवारण ऐन २०५९ को उल्लंघन गरेका छन् ।
प्रधानमन्त्री देउवाले गत २४ असारमा सदाचार नीतिका मस्यौदामा हस्ताक्षर गर्दै सदाचार नीति ल्याउने पहिलो निर्णय गरेका थिए ।
...











