संगालोखबर सम्वाददाता

धनकुटा, १२ मंसिर । बाम गठबन्धनको तर्फबाट धनकुटा क्षेत्र नम्बर २ का उम्मेदवार ईन्द्रमणी पराजुलीले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन बाम उम्मेदवारको जित आवश्यक रहेको बताएका छन ।

धनकुटाको मारेककटहरेमा आयोजित चुनावी अभियानलाई संबोधन गर्दै पराजुलीले यस्तो बताएका हुन । प्रदेशसभाले प्रदेशको राजधानी तोक्ने भएकाले प्रदेश सभामा बमुमत आउँनसक्ने बाम गठबन्धनमात्र देखिएकाले धनकुटालाई राजधानी बनाउँन बाम उम्मेदवारलाई जिताउँन उनले आग्रह गरेका छन ।

Advertisement
कार्यक्रमलाई संबोधन गर्दै उम्मेदवार पराजुली । तस्वीर सौजन्य : नारायण कुमार आठपहरिया

फरक प्रसंगमा उम्मेदवार पराजुलीले जनताको काम गर्ने उम्मेदवारलाई चिनेर मतदान गर्न मतदातालाई आग्रह गरेका छन । आगन्तुक उम्मेदवारले जितेमा भोटको दुरुपयोग हुँने भन्दै उनले जनतासँगै रहेर जनताको काम गर्दै आएकाले आफुलाई जिताउँन पराजुलीको आग्रह छ ।

मतदातासँग उनले भने–‘हाम्रो साथ मिल्छ, गाँस मिल्छ, हामीलेसंगै गोठाला र मेलापात गरेका छौ, त्यसैले भोली हामीले जितेमा तपाईहरुका सुख दुःखमा साथ दिन्छौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!