इटहरी, १३ मंसिर । पार्टिहरु विच निस्पक्ष चुनावी प्रतिस्पर्धा हुनु पर्ने हो । तर इटहरी उपमाहानगरपालिका १२ खनारमा नेपाली काग्रेले आयोजना गरेको चुनावी सभालाइ विथोल्न केहि अराजनितिक तत्वहरु सक्रिय भए ।

Advertisement

पुर्व निर्धारित समय अनुसार मसिंर १२ गते दिनको १ वजे गर्ने भनिएको चुनावी सभा केहि ढिला सुरु भयो । एकै दिन आधा दर्जन कार्यक्रम निर्धारण गरेका कारण उपप्रधान मन्त्री विजयकुमार गछदारको सवै कार्यक्रम निर्धारित समय भन्दा ढिला सुरु भएको थियो ।

तर गछदारको कार्यक्रममा न जान खनारका गरिव वस्तिहरुमा एक ठुलो भनिने पार्टिले १० केजिदेखी २० केजि सम्म कुखुराको मासु वितरण गरे । केहिले मासु राखे भने केहिले मासु फिर्ता गरे ।

मासु वितरण गरिएको एक गरिव वस्तिका महिलाले आफुलाइ मासु दिन आएका मान्छेले काग्रेशको कार्यक्रममा कुनै पनी हालतमा नजान भनेको बताइन । उनले स्थानिय काग्रेशका नेता रम्भु शर्मालाइ भने हामि मासु दिनेको पहिचान गरेका छौ अव टोलमा आए कालो मोसो दलेर ठिक पार्छौ । शर्माको आफन्तकोमा समेत मासु वितरण गरिएको थियो । तिनीहरुले शर्मासग गुनासो सुनाएपछि मासु नहरमा फ्याकेका थिए ।

कार्यक्रम विथोल्न बम

नियोजित रुपमा केहि दलका मानिसहरुले कार्यक्रममा गाउलेको उपस्थित कमजोर पार्न खोजेपनि गछदारको भाषण सुन्न सर्वसाधारणको घुइचो लागेको थियो ।

गछदार मञ्चमा उक्लिनै लाग्दा उनको सुरक्ष गार्डले गछदारलाइ रोक र केहि वेर सर्वसाधारणसग भलाकुसारी गराए । त्यहि वेला कार्यक्रमको मञ्च मुनी राखिएको एउटा झोला स्थानिय प्रहरीले बासको साहाराले फ्याक्न सफल भएका थिए ।

निक गोप्य तरिकाले गरिएको यो काम एक कानदुइकान गर्दै सर्वसाधारणमा फैलिउको थियो तर पनी सर्वसाधारणको उत्साह नमरहेको इटहरी १२ खनारका वडा अध्यक्ष हिरा दाहालले जानकारी दिए ।

बमको हल्लाले मान्छे नभागे पछी केहि व्यत्तिले उपस्थित काग्रेशका कार्यक्रर्ताहरुलाइ फोन गरेर बम पडकिन लागेको भन्दै कार्यक्रम स्थल छाड्ना भनेका थिए । तर उपप्रधानमन्धी गछदारको भाषण सुन्न कस्सिएका सर्वसाधाण गछदारको पुरा भाषण सकेपछि मात्र घर फर्केका थिए ।

नेपाली सेनाले गरे बम डिस्पोजल

दिउसैदेखी बमको हल्ला चलेपनी प्रहरीले समयमानै बमलाइ कार्यक्रम स्थलवाट हटाउन सफल भएका थिए । कार्यक्रम सकिएपछि राति करिव ९ बजे नेपाली सेनाको पुर्वी पृतना मुख्यालयवाट खटिएका बम डिस्पोजल टोलिले बम निस्कृय पारेको थिए । बम निस्कृय पार्ने वेलामा ठुलो आवाज आएको प्रत्यक्षदर्शीहरुले जनकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!