झापा, १० मंसिर । नेकपा एमालेका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री पद खोसेर जनतालाई सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।

Advertisement

आइतबार बिर्तामोडमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले निर्वाचनको वेला उम्मेदवार माथिको हमलाले मुलुकमा गृहमन्त्रीको अनुभूति नभएको बताए ।

‘यो संवेदनशिल घडीमा एक व्यक्ति प्रधानमन्त्री र गृहमन्त्री हुनु नै दुर्भाग्य हो’, उनले भने, ‘यो वेला मुलुकमा सुरक्षा व्यवस्था राम्रो हुनुपर्छ ।’

उम्मेदवारको घरमा वम हान्ने, मतदातालाई त्रसित बनाउने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्दै नेता नेम्वाङले सरकार चुनावलाई मर्यादित बनाउनेभन्दा पनि भ्रमको खेती गर्न व्यस्त भएको सुनाए ।

उनले सुरक्षा व्यवस्था मजबुद बनाउन समेत आग्रह गरे ।

२२ गते नजिकिएकाले कांग्रेसको सातो गएको भन्दै उनले नआत्तिन सुझाव दिए । उनले भने, ‘वाम गठबन्धनले अस्थिरताको समाप्त गर्नेछ ।’

इलाममा प्रदेश र प्रतिनिधिसभामा वामपन्थी उम्मेद्वारको विजय निश्चित भएको उनको भनाइ थियो । नेता नेम्वाङले वामपन्थीको सरकार निर्माण गरेर स्थिर सरकारमार्फत मुलुकको विकास गर्नेे बताएका छन् ।

उनी इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!