विपी कोइरालाकी भान्छे, फेवानगरकी प्रतिस्पर्धी
पोखरा, २५ कात्तिक । भर्खरै विघटित प्रतिनिधिसभाकी सदस्य हुन् शारदा पौडेल। पोखराको पुरानो बस्ती बगरकी बासिन्दा पौडेल आउँदो निर्वाचनमा कास्कीबाट ठूला दलबाट उम्मेदवार बनेकी एक्ली महिला हुन्।
अघिल्लो पटक संविधानसभा सदस्य बनेकी उनलाई नेपाली कांग्रेसले कास्की–३ (१) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ।
उनको प्रतिष्पर्धी छन्, वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवारी पाएका फेवाताल पारिका...































