संगालोखबर सम्वाददाता

धनकुटा, १० मंसिर । बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र राईले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले हार्ने देखेपछि बामपन्थी दल विरुद्ध गलत हल्ला फिजाईएको आरोप लगाएका छन ।

धनकुटाको जोरपाटीमा आईतबार आयोजित चुनावी सभालाई संबोधन गर्दै उम्मेदवार राईले यस्तो बताएका हुन । बामहरुले जितेमा ब्यक्तिको सम्पति र स्वतन्त्रता राज्यले खोस्छ भन्नेर लोकतान्त्रिकका उम्मेदवारले गलत हल्ला फिजाई जनतालाई भ्रममा पार्ने काम गरेको उनको भनाई छ ।

Advertisement

एमाले जिल्ला अध्यक्षसमेत रहेका राईले अरुलाई झुटो आरोप लगाउँनु भनेको हार मानसिकताको उपज रहेको टिप्पणी गरे । चुनावका वेला गलत हल्ला फिजाउँनेहरु देखि सचेत बन्न पनि राईले मतदातालाई आग्रह गरेका छन ।

‘बामहरुकै संघर्षका कारण सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म आएको छ ।’ राईले भने ‘हामी सरकारमा पुगेपछि बृद्धाभत्ता र सामाजिक सुरक्षा भत्ता जनतालाई दिलाएका हौ ।’ संघियता, लोकतन्त्र र संविधान पनि कम्युनिष्टहरुकै पहलमा आएको बताउँदै राईले लोकतान्त्रिकका उम्मेदवारलाई प्रश्न गरे ‘लोकतान्त्रिकहरु सरकारमा रहदा जनताले के पाए ?’ अर्कालाई गलत आरोप लगाउँनुले सिद्धान्त बिहीन राजनैतिक चरित्र देखिएको उनको भनाई छ ।

कार्यक्रममा क्षेत्र नं.२ बाट बाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवार ईन्द्रमणी पराजुलीले धनकुटालाई प्रदेशको राजधानी बनाउन आफू र बाम गठबन्धनका सबै उमेदवारलाई जिताउनुपर्नेमा जोड दिएका छन ।

दुईतिहाई मतबाट प्रदेशको राजधानी तोकिने भएकाले उक्त मतका लागि आधार तयार गर्न बामगठबन्धनका उम्मेदवारलाई जिताउँन पराजुलीले आग्रह गरेका छन ।

कार्यक्रममा पूर्व सभासद् टिकाराम चेम्जोङ्ग, नेकपा माओवादी केन्द्रका कार्यवाहक ईन्चार्ज उज्वल किराती लगायतले बाम गठबन्धनका उम्मेदवारलाई बिजयी गराएर धनकुटाको विकासको ढोका खोल्न मतदातालाई आग्रह गरेका छन ।

यो पनि पढ्नुहोस् …

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन लोकतान्त्रिकको जित आवश्यक रहेको मन्त्री थापाको भनाई

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!