- संगालोखबर सम्वाददाता

धनकुटा, १० मंसिर । उद्योग मन्त्री एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनिलबहादुर थापाले धनकुटालाई प्रादेशिक राजधानी बनाउँन लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताएका छन ।

लोकतान्त्रिक गठबन्धन चुनाव प्रचार प्रशार समितिले आईतबार मारेककटहरेमा आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन । लोकतान्त्रिक गठबन्धन विजयी भएमात्र धनकुटालाई प्रदेशको राजधानी बनाउन सम्भव हुने दावी गर्दै थापाले धनकुटाको विकास र समृद्धिका लागि पनि लोकतान्त्रिक गठबन्धनले जित्र्नेपर्ने तर्क गरे ।

Advertisement

अघिल्लोपटक धनकुटेली जनताले दिएको मायालाई आफुले कहिल्यै पनि अवमुल्यन नगरेको भन्दै उनले यो पटक पनि धनकुटेली जनताले माया गरेर बिजयी गराउँने विश्वास ब्यक्त गरे । विकासको काममा आफुले कहिल्यौ पनि कन्जुस्याई नगर्ने भन्दै उनले यसअघि जनतासँग गरेका वाचा पुरा गरेको जस्तै अव पनि पुरा गरेर देखाउँने जिकिर गरेका छन ।

चुनावी सभामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार अर्जुन थापा, कांग्रेस जिल्ला सभापति अग्नी पौडेल, कांग्रेस नेता आनन्द सन्तोषी राई लगायतले आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठबनधनलाई बिजयी गराउँन आवहन गरेका छन ।

यो पनि पढ्नुहोस् …

धनकुटाका बाम उम्मेदवार भन्छन ‘गलत हल्ला फिजाएर लोकतान्त्रिकले जनतालाई भ्रममा पार्दैछन्’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!