घोराही, ६ मंसिर । वाम गठबन्धनको चुनावी सभालाई लक्षित गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज दाङ जिल्ला बन्द आह्वान गरेको छ । आजै टेलिफोन सेवासमेत बन्द भएपछि दाङबासी थप मर्कामा परेका छन् ।

Advertisement

बन्दको प्रभाव बिहानैदेखि परेको छ । यातायात, शिक्षण संस्था, उद्योगधन्दा ठप्प छन् । जिल्लाका मुख्य बजारहरु तुलसीपुर, घोराही, लमही र भालुबाङमा पनि बिहानैदेखि बन्दको प्रभाव छ ।

आफ्ना नेता कार्यकर्ताहरुलाई सरकारले पक्रेको विरोधमा दाङ जिल्ला बन्द आह्वान गरेको नेकपाले जनाएको छ । बन्द आह्वान गरिएपछि तर वाम गठबन्धनको चुनावी सभा प्रभावित हुने नेकपाको अनुमान छ । यद्यपि जिबिसको मैदानमा सभाको तयारी जारी राखिएको छ ।

घोराही नजिकै कटुवा खोलामा फाइबरलाइनमा समस्या भएर टेलिफोन सेवा अवरूद्ध भएको नेपाल टेलिकम दाङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!