संगालोखबर सम्वाददाता

धनकुटा, १२ मंसिर । नेकपा एमाले धनकुटाका अध्यक्ष एवं बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र राईले जनतालाई अधिकार र स्वतन्त्रता बाम गठबन्धनले मात्र दिने बताएका छन । मारेककटहरेमा भएको चुनावी अभियानलाई संबोधन गर्दै उम्मेदवार राईले यस्तो बताएका हुन ।

लोकतान्त्रिक शक्तिहरुले जितेमा बोल्न दिने तर, खान नदिने अवस्था सृजना हुँने भन्दै राईले अधिकार र स्वतन्त्रता दुवैका लागि बाम गठबन्धनको जित आवश्यक रहेको दावी गरेका हुन । ‘लोकतान्त्रिकहरुले बोल्न त दिन्छन् तर खाना दिंदैनन् ।’ राईले भने–‘हामी जनतालाई अधिकार र स्वत्रन्त्रता दुबै दिन्छौं ।’

Advertisement
कार्यक्रमलाई संबोधन गर्दै उम्मेदवार राई । तस्वीर सौजन्य : नारायण कुमार आठपहरिया

लोकतान्त्रिक गठबन्धनका नेता र उम्मेदवारले जनतालाई भ्रममा पार्ने काम गरेको भन्दै उनले जनतालाई भ्रम छर्ने काम तत्काल बन्द गर्न उनीहरुलाई आग्रह पनि गरेका छन । लोकतान्त्रिक गठबन्धनले जनतालाई अधिकार नदिएकै कारण बाम गठबन्धनले मोर्चाबन्दी गर्नुपरेको राईको भनाई छ ।

माओवादीले जंगलबाट लडाई गरेर र एमालेले खुला संघर्ष गरेर नै वर्तमान संविधानबाट जनताको अधिकार सुनिश्चित भएको बताउँदै राईले अव संबिधानको कार्यान्वयन गरेर जनतालाई अधिकार सम्पन्न गराउँन बाम गठबन्धनमात्र सक्षम रहेको जिकिर गरेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!