- संगालोखबर सम्वाददाता

धनकुटा, ९ मंसिर । उद्योग मन्त्री एवं लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुनिलबहादुर थापाले हिले–छिन्ताङ–त्रिवेणी सडक कालोपत्रे गर्न पहल गर्ने बताएका छन ।

छिन्ताङमा शनिवार आयोजित चुनावी सभालाई संबोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन । धुले सडकका कारण खाल्साबासीले सास्ती बेहोर्दे आएको भन्दै थापाले जसरी भएपनि हिलेदेखि त्रिवेणीसम्मको सडकलाई कालोपत्रे गर्न पहल गर्ने बताएका हुन ।

चुनावी सभालाई संबोधन गर्दै मन्त्री थापा ।

राप्रपाका महामन्त्रीसमेत रहेका थापाले छिन्ताङको खानेपानी समस्या चाडै समाधान गर्ने आश्वासन पनि दिए । खाल्साबासीको समस्या समाधानमा आफु गंभीर रहेको उल्लेख गर्दै मन्त्री थापाले समग्र खाल्सा क्षेत्र र देशलाईनै समुन्नत बनाउँन लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको दावी गरे ।

बामपन्थीको नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि छिन्ताङ हत्याकाण्डमा मारिएकाहरुलाई सहीद घोषणा गर्न नसकेको भन्दै उनले आफु मन्त्री भएकै वेला राष्ट्रिय सहीद घोषणा गर्ने प्रतिवद्धता जनाए ।

चुनावी सभामा सहभागि अतिथिहरु ।

चुनावी सभामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश नं. १ का उम्मेदवार मनोहर नारायण श्रेष्ठले आफु पनि सहीद पुत्र भएकाले छिन्ताङको विकासका लागि सदैव क्रियासिल रहने बताएका छन ।

यता लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश नं. २ का उम्मेदवार अर्जुन थापाले धनकुटाको विकास र स्थायी शान्तिका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउँन मतदातालाई आग्रह गरेका छन ।।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!