उदयपुर बस दुर्घटना अपडेट : २९ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइयो
विराटनगर । उदयपुरको बेलकामा मलामी बोकेर फर्किदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बेलकाका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए ।
घाइतेमध्ये १२ जनालाई घोपा पठाइएको र अन्य १७ जनाको स्थानिय नगर अस्पतालमा उपचार भइरहेको उनले संगालोखबरलाई जानकारी दिए । उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको उदासले बताए ।
आज दिउँसो प्रदेश ...






























