राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

वैशाख । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । “कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौँ”, प्रनाउ राईले भन्नुभय...
मुलघाटमा करेन्ट लागेर एक जनाको मृत्यु

मुलघाटमा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको मुलघाटमा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । साँघुरीगढी गाउँपालिका–१ स्थित मुलघाटको पुल नजिक बिहान करिव ९ बजे करेन्ट लागेर स्थानीय ५४ बर्षीय ज्ञान बहादुर राईको मृत्यु भएको हो । बिधुतको पोल अड्याउँनका लागि पोलबाट जमिनमा गाडिएको तारबाट करेन्ट लागेर राईको घटनास्थलमै मृत्यु भएको मुलघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुरानो ब...
महिला सांसदले संसदभित्रै शिशुलाई स्तनपान गराउँदा…

महिला सांसदले संसदभित्रै शिशुलाई स्तनपान गराउँदा…

सिड्नी/एजेन्सी– दुई महिनाकी नाबालिकाले अस्ट्रेलियामा इतिहास रचेकी छन् । आलिया जोए नाम गरेकी ति बालिका संसद चलिरहेका बेला स्तनपान गर्ने पहिलो बालिका बनेकी हुन् । हालैमात्र क्विन्सल्यान्ड सिनेटर लारिसा वाटर्सले यी बच्चीलाई जन्म दिएकी थिइन् । वाटर्स अस्ट्रेलियाको ग्रिन पार्टीकी सहउपाध्यक्ष हुन् । मंगलबार उनी संसदमा सुत्केरी विदापछि उपस्थित भएकी थिइन् । संसदमा कारबाहीका क्रममा आलिया भोकाएपछि वाटर्स...
चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने

चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने

रत्ननगर (चितवन)। चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सो क्षेत्रको उक्त वडामा मात्रै जेठ २ गते निर्वाचन हुने गरी निर्वाचनको कार्यक्रम सूची सार्वजनिक गरिएको छ । सो वडामा वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा (माओवादी केन्द्र)बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको ...
निर्वाचनमा धेरैले मतदान गर्न नपाउँने, को–को बन्दैछन् मतदानबाट बञ्चित ?

निर्वाचनमा धेरैले मतदान गर्न नपाउँने, को–को बन्दैछन् मतदानबाट बञ्चित ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बञ्चित हुँदै छन् । जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद सुवेदीले बताए । स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न हुँदै छ । ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । तर, निर्वाचनमा खटिने सुरक...
आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै: चुनावको अन्तिम प्रचारमा शीर्ष नेता कहाँ ?

आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै: चुनावको अन्तिम प्रचारमा शीर्ष नेता कहाँ ?

काठमाडौं । बिहीबार राति १२ बजेबाट चुनाव प्रचार बन्द (मौन अवधि) सुरु हुँदैछ । प्रचारका लागि बिहीबार मात्रै भएकाले शीर्ष नेता अन्तिम प्रचारमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन् । बि...
नक्कली पेस्तोल र चक्कुसहित पाँचजना पक्राउ

नक्कली पेस्तोल र चक्कुसहित पाँचजना पक्राउ

दाङ। दाङको तुलसीपुरबाट पाँचजना व्यक्ति नक्कली पेस्तोल र चक्कुसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले  तुलसीपुरको बरुवा गाउँ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ । पक्राउ परेकामध्ये तीनजना बालक छन् । तुलसीपुर उपमहानगरपालिका–५ पुरानो बसपार्क निवासी १७ वर्षीय शङ्कर विक, वडा नं ६ बरुवा गाउँ निवासी १४ वर्षीय अजय नेपाली, बरुवा गाउँकै १५ वर्षीय सुरज नेपाली, वडा नं ५ त्रिश...
हिलेमा यसरी मनाईयो बुद्ध जयन्ती (फोटो फिचरसहित)

हिलेमा यसरी मनाईयो बुद्ध जयन्ती (फोटो फिचरसहित)

हिले । २५६१ औं वुद्ध जयन्तीको अवसरमा वुधवार धनकुटाको हिले वजारमा बिभिन्न कार्यक्रम गरिएको छ । उर्गेन नाम्डु छ्योलिङ्ग गुम्वा हिलेको आयोजनामा गुम्वाका प्रमुख लामा गुरु दोर्जे उक्याप लामाले मलमपाठ गरी (वङ्ग) आशिर्वाद र अमृतमय वचन भक्तजनहरुलाई प्रदान गरी १ सय ८ शान्तिद्धिप प्रज्वलन गरियो । सो अवसरमा हिले वजारमा शान्ति ¥यालीसमेत निकालिएको थियो । प्रमुख लामागुरु दोर्जे उक्याप लामाको अगुवाईमा एक दर्जन ...
सिधुवामा खुल्ला नृत्य प्रतियोगिता (फोटो फिचरसहित)

सिधुवामा खुल्ला नृत्य प्रतियोगिता (फोटो फिचरसहित)

सिधुवा । धनकुटाको सिधुवा बजारमा बुधवार खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको छ । २५६१ औं बुद्ध जयन्तीको अवसर पारेर सिंहदेवी यूथ क्लव सिधुवाले नृत्य प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा लालिगुराँस डान्स सेन्टर बसन्तपुर प्रथम, संगीत समाज सेवा युवा क्लव द्वितीय र दीपज्योती जनजागरण युवा क्लव मजुवा तृतीय भएको प्रतियोगिताका निर्णायक सरोज भुजेलले जानकारी दिए । प्रथम, द्वितीय र तृतीय हुने टिमले...
पाँच करोड अवैध विदेशी मुद्रासहित चिनिया नागरिक पक्राउ

पाँच करोड अवैध विदेशी मुद्रासहित चिनिया नागरिक पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ७५ लाख ६० हजार बराबरको विभिन्न विदेशी मुद्रासहित छ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले आज पर्यटक गाडीसहित नागढुङ्गाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले काठमाडौँबाट गल्छी, रसुवा, केरुङ नाका हुँदै चीन जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । ...
काबेली बैंकले सर्वसाधारणको शेयर बढाउँने

काबेली बैंकले सर्वसाधारणको शेयर बढाउँने

धनकुटा। धनकुटामा सञ्चालित काबेली विकास बैंकले सर्वसाधारणको शेयर अनुपात बृद्धि गर्ने भएको छ । सदरमुकाममा बुधवार सम्पन्न बैंकको नवौं वार्षिक साधारण सभाले सर्वसाधारणको शेयर अनुपात बढाएर ४९ प्रतिशत पुर्याउँने निर्णय पारित गरेको हो । काबेली बैंकमा यसअघि ७० प्रतिसत सस्थापक र ३० प्रतिसत सर्वसाधारणको शेयर थियो । अव सर्वसाधारणको शेयर थप गरी ४९ प्रतिशत पुर्याएर सस्थापकको शेयर ५१ प्रतिशतमा सिमित गरिने बैंकक...
देउवा र ओलीबीच भेटवार्ता, के भयो कुरा ?

देउवा र ओलीबीच भेटवार्ता, के भयो कुरा ?

भक्तपुर। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । छलफलका लागि सभापति देउवा बिहान ११.३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीका निजी सचिव अनिश दाहालले समसामयिक विषयमा दुई दलका अध्यक्षबीच छलफल भएको बताउनुभयो । करिब एक घन्टा भएको भेटमा काँग्रेस सभापति देउवा...
लहानमा विद्युत् चोरी गर्ने १९ जना पक्राउ

लहानमा विद्युत् चोरी गर्ने १९ जना पक्राउ

लहान। अङकुसे लगाई विद्युत् चुहावट गर्ने १९ जनालाई पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले कार्वाही गरेको छ । विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ गरेका १९ जनाबाट रु ९५ हजार जरिवाना असुल गरिएको छ । टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेको लहान नगरपालिकाको बस्तीपुर, गोविन्दपुर र धनगढीमाई नगरपालिकाको विष्णुपुरकटीबाट १९ ...
तेह्रथुमका गाउँ–गाउँमा गरिबी विश्लेषण कार्यक्रम

तेह्रथुमका गाउँ–गाउँमा गरिबी विश्लेषण कार्यक्रम

तेह्रथुम। आठराई गाउँपालिका–२, खाम्लालुङको तीनजुरे अभियान चौतारीमा गरिबी विश्लेषण र निराकरणका उपायसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी अभियान चौतारीका सदस्य महिला, स्थानीय अगुवा, शिक्षक र वडा नागरिक मञ्चका प्रतिनिधि आफैँले आफूहरुको गरिबीका कारणबारे छलफल गरेका थिए । सहभागीले आफूहरुको समाजमा व्याप्त गरिबीका कारण बचत गर्न नसक्नु, जाँडरक्सीको अत्यधिक सेवन, से...
घरमै दूध लिन आउन थालेपछि इनरुवाका किसान खुशी

घरमै दूध लिन आउन थालेपछि इनरुवाका किसान खुशी

इनरुवा । सुनसरी इनरुवा–९ बबियाका बलदेव मेहतालाई गाईभँैसीको दूध कहाँ र कसलाई बेच्ने भन्ने समस्याले सताएको थियो । दैनिकरुपमा गाईभैँसीबाट उत्पादन हुने पाँचदेखि १० लिटर दूध बेच्न मेहतालाई समस्या हुन्थ्यो । तर अहिले उहाँ त्यो समस्याबाट मुक्त हुनुभएको छ । उहाँलाई मात्र नभई सुनसरी बबिया गाविसका दर्जनौँ किसानलाई गाउँमा दूध सङ्कलन केन्द्र नहुँदा चिन्ताले सताएको थियो । कृषकले दूधको उचित मूल्य नपाएको र ...
माओवादी र एमाले कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु, आधा दर्जन घाइते

माओवादी र एमाले कार्यकर्ताबीच झडप, एक जनाको मृत्यु, आधा दर्जन घाइते

दोलखा। दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् । गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् । यसैगरी, झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्य...
अपडेट: त्रिशूलीमा ट्रक खस्दा घाइते भएकाको उपचारका क्रममा मृत्यु

अपडेट: त्रिशूलीमा ट्रक खस्दा घाइते भएकाको उपचारका क्रममा मृत्यु

चितवन। पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्रक खस्दा घाइते भएका दुई जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा हेटाँैडा उपमहानगरपालिका–१४ का अन्दाजी २० वर्षीय सुरज श्रेष्ठ रहेका छन् । सोही ठाउँ घर भएका घाइते २१ वर्षीय सोनाम लामाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहर...
राइजिङ क्रिकेट बुमन काठमाडौँलाई महिला क्रिकेटको उपाधि

राइजिङ क्रिकेट बुमन काठमाडौँलाई महिला क्रिकेटको उपाधि

धनगढी। कैलालीको अत्तरियामा भएको ‘रुस्लान अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता‘को उपाधि राइजिङ क्रिकेट वुमन काठमाडौँले जितेको छ । आज भएको फाइनल खेलमा विभागीय टोली एपिएफलाई १७ रनले पराजित गर्दै राइजिङले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद रु दुई लाख र ट्रफी हात पारेको छ भने उपविजेता विभागीय टोली एपिएफले पनि रु एक लाख प्राप्त गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको राइजिङले निर्धार...
उदयपुरमा चट्याङ लागेर तीनको मृत्यु

उदयपुरमा चट्याङ लागेर तीनको मृत्यु

गाईघाट (उदयपुर) । उदयपुरको विभिन्न स्थानमा आज परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–५ जाँतेकी १२ वर्षीया तुलसा विक, कटारी नगरपालिका–११ हर्देनीका ४५ वर्षीय भेषबहादुर खत्री र सोही ठाउँका ५५ वर्षीय बलबहादुर बस्नेतको चट्याङ लागेर मृत्यु भएको हो । तीनै जनाको आ–आफ्नै घरमा बसिरहेका बेला हावाहुरीसँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी ...
कन्टेनर दुर्घटना हुँदा सात घाइते

कन्टेनर दुर्घटना हुँदा सात घाइते

नुवाकोट । रसुवाबाट काठमाडौँ जाँदै गरेको कन्टेनर आज साँझ नुवाकोटको गेर्खुटारमा दुर्घटनाग्रस्त भएको छ । केरुङबाट तयारी पोसाक बोकेर काठमाडौँ जाँदै गरेको ना ६ ख ३३२८ नं को उक्त कन्टेनर दुर्घटना हुँदा सातजना घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका कन्टेनर चालक नुवाकोट ककनी गाउँपालिका–६ जुरेथुमका बालकृष्ण लामा र बझाङका सिंहलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक जितेन्द्र बस्ने...
भोजपुरमा आगलागीबाट ९ लाख वरावरको क्षति

भोजपुरमा आगलागीबाट ९ लाख वरावरको क्षति

भोजपुर । भोजपुरको ट्याम्केमैयुङ्ग गाउपालिका-३ अन्नपुर्णको एक घरमा मंगलवार आगलागी भएको छ । आगलागीबाट लाल काजी वस्नेतको घर पसल जल्दा ८ लाख ८७ हजार ३ सय वरावरको क्षति भएको प्रहरीले जनाएको छ । पसलमा रहेको ल्यापटप, डिस होम, खाद्यन्न लता कपडा र घरमा रहेको सम्पुर्ण सामाग्री जल्दा सो वरावरको क्षति भएको हो । घरमा कोही नभएको वेला चुल्होबाट आगो सल्किएको प्रहरी भनाई छ ।
अनैतिक क्रियाकलापमा संलग्न जोडी पक्राउ

अनैतिक क्रियाकलापमा संलग्न जोडी पक्राउ

झापा । अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले झापाका विभिन्न होटलबाट १३ जनालाई पक्राउ गरेको छ । स्थानीयको व्यापक जनगुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी केशबकुमार थेबेका अनुसार बिर्तामोडको मेचीकोशी टप होटल एण्ड लजबाट सञ्चालकसहित दुई जोडी, ३६५ क्याफेबाट सञ्चालकसहित २ महिला र ५ भारतीय पुरुष र शनिअर्जुन-११ मा रहेको निषा होटल एण्ड लजबाट एक ज...
‘गुण्डा नाइके’ चक्रे मिलन पक्राउ

‘गुण्डा नाइके’ चक्रे मिलन पक्राउ

काठमाडौँ । प्रहरीले गुन्डागर्दीमा संलग्न मिलन गुरुङ (चक्रे मिलन)लाई राजधानीबाट आज पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गुरुङलाई आज महाराजगन्जस्थित उनको निवासबाट पक्राउ गरेको महाशाखाका प्रमुख एव्म प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । उहाँले चुनावलाई प्रभावित पार्ने र हुलहुज्जत गर्नसक्ने सूचनाका आधारमा पक्राउ गरिएको पनि बताउनुभयो । यही वैशाख ३१ गतेका लाग...
धनकुटामा चट्याङले आठ जना घाइते

धनकुटामा चट्याङले आठ जना घाइते

धनकुटा । धनकुटाका बिभिन्न स्थानमा आज बर्षा र हावाहुरीसँगै परेको चट्याङले आठ जना घाइते भएका छन् । चट्याङका कारण खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकामा र चौबिसे गाउँपालिकामा चार/चार जना घाईते भएका हुन । चट्याङ लागेर खाल्सा छिन्ताङ सहिदभूमी गाउ‘पालिका–७ का २६ बर्षीय डगेन्द्र राई, २५ बर्षीया मन्दिरा राई र २ बर्षीय अभिषेक राई गम्भीर घाइते भएको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभय...
महोत्तरीमा भीषण वर्षाले सवै सडक अवरुद्ध

महोत्तरीमा भीषण वर्षाले सवै सडक अवरुद्ध

गौशाला । आज बिहानैदेखि अविरल रुपमा परेको भीषण वर्षाले महोत्तरीको मुख्य जलेश्वर– जनकपुर बाटोसहित जिल्लाका प्रायः सबै बाटो अवरुद्ध भएको छ । बिहान ४ बजेदेखि नै परेको वर्षाका कारण जिल्लाका जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी, जलेश्वर–भिठ्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत बाटो अवरुद्ध भएको छ । जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँ ठाउँमा खाल्डाखुल्डी भएकाले तिनमा पानी जमेर ...
नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्ता पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्ता पक्राउ

चितवन । निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ जना नेकपाले ...
‘जातीयता हेरेर हैन, सक्षम ब्यक्ति छानेर मतदान गछौं’ (भिडियोसहित)

‘जातीयता हेरेर हैन, सक्षम ब्यक्ति छानेर मतदान गछौं’ (भिडियोसहित)

धनकुटा । धनकुटामा बसोवास गर्दै आएका अल्पसंख्यक आठपहरिया जातिका अगुवाहरुले आसन्न स्थानीय तह निर्वाचनमा जाति हेरेर नभई ब्यक्ति छानेर मतदान गर्ने बताएका छन । नेपाल लोकतान्त्रिक किरात आठपहरिया संघ धनकुटाले सोमवार आयोजना गरेको बृहत आठपहरिया भेलामा सहभागिहरुले यस्तो बताएका हुन । कार्यक्रममा आठपहरिया समाजका केन्द्रिय महासचिव सुर्य आठपहरियाले धनकुटा नगरमा कतिपय पाटीले आठपहरिया जातिबाट उम्मेद्वार उठाएर ...
परीक्षाफल प्रकाशन

परीक्षाफल प्रकाशन

काठमाडौँ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ साल मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिक सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ आंशिक) को समाजशास्त्र÷मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com लग इन गरी हेर्न सकिनेछ । यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्...
मोटरसाईकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

मोटरसाईकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिप्रका नवलपरासीले जनाएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नंको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा सो दुर्घटना भएको हो ।
करेन्ट लागेर दुईको मृत्यु

करेन्ट लागेर दुईको मृत्यु

बागलुङ । बागलुङ सदरमुकामस्थित नेपाल टेलिकमको कार्यालय परिसरमा करेन्ट लागेर आज बिहान दुई युवाको मृत्यु भएको छ । कार्यालयको निर्माणाधीन भवनमा मजदुरी गर्दै आएका जिल्लाको निसीखोला गाउँपालिकाका १५ वर्षीय बमबहादुर घर्ती र दुधन घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । भवन निर्माणस्थल नजिकैको रुखमा रहेको कागको गुँड रडले खसाल्न खोज्दा विद्युत्को हाइटेन्सन लाइनमा रड ठोक्किइ करेन्ट...
सपना त उहि हो नि (कविता)

सपना त उहि हो नि (कविता)

रुप फेरियो रंग फेरियो सपना त उहि हो नि, वाचा फेरियो कसम फेरियो तर, सपना त उहि हो नि । भावना फेरियो मर्म फेरियो तर, गजल कविता उहि हो नि, शव्द फरक अर्थ फरक तर, वोली त उहि हो नि । आयो देशमा गणतन्त्र अनी संविधान तर, नेपाल उहि हो नि, आयो वन्दुक थरिथरि तर, वारुद गोली उहि हो नि । नयाँ जमानाको नयाँ परिवेश तर, सोचाइ उहि हो नि, परिवर्तन लेर्खाइ मात्र तर, संस्कार संस्कति उहि हो नि ।
error: Content is protected !!