रबिन कटेल/संगालोखबर

धनकुटा। धनकुटामा सञ्चालित काबेली विकास बैंकले सर्वसाधारणको शेयर अनुपात बृद्धि गर्ने भएको छ । सदरमुकाममा बुधवार सम्पन्न बैंकको नवौं वार्षिक साधारण सभाले सर्वसाधारणको शेयर अनुपात बढाएर ४९ प्रतिशत पुर्याउँने निर्णय पारित गरेको हो ।

काबेली बैंकमा यसअघि ७० प्रतिसत सस्थापक र ३० प्रतिसत सर्वसाधारणको शेयर थियो । अव सर्वसाधारणको शेयर थप गरी ४९ प्रतिशत पुर्याएर सस्थापकको शेयर ५१ प्रतिशतमा सिमित गरिने बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले बताए ।

Advertisement
काबेली विकास बैंकको साधारण सभा । तस्वीर: रबिन कटेल/संगालोखबर

त्यस्तैगरी साधारण सभाले बैंकका शेयरधनीलाई २० प्रतिशत बोनस शेयर प्रदान गरेको छ । बैंकका ४ हजार २ सय ३५ सेयर धनीलाई शेयर अनुपातमा २० प्रतिशतका दरले शेयर बोनस थप गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र वादे श्रेष्ठले जानकारी दिए ।

काबेली बैंकमा यसअघि ७० प्रतिशत सस्थापक र ३० प्रतिशत सर्वसाधारणको शेयर थियो । अव सर्वसाधारणको शेयर थप गरी ४९ प्रतिशत पुर्याएर सस्थापकको शेयर ५१ प्रतिशतमा सिमित गरिने भएको हो । त्यस्तै साधारण सभाले बैंकका शेयरधनीलाई २० प्रतिशत बोनस शेयर प्रदान गरेको छ ।

साधारण सभाको बन्दसत्रले गोपालप्रसाद काफ्ले, जर्नादन घिमिरे, हेमराज सुवेदी र लक्ष्मीनाथ घिमिरेलाई बैंकको सञ्चालक समितिमा निर्विरोध चयन गरेको छ । सञ्चालक समितिको बैठकले अध्यक्ष छान्ने बैंकका जनसम्पर्क अधिकृत मोहन ढुंगेलले जानकारी दिए ।

काबेली विकास बैंकको साधारण सभा । तस्वीर: रबिन कटेल/संगालोखबर

साधारणसभा उद्घाटन सत्रमा बैंकका सञ्चालक जनार्दन घिमिरे, दीपक गौतम, तिलबिक्रम चेम्जोङ्ग, उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ लगायतले बैंकहरुले असार मसान्त भित्रमा ५० करोड पूजी पुर्याउँनुपर्ने राष्ट्र बैंकको नीतिका कारण बैंकहरुमा समस्या थपिएको बताएका छन ।

धनकुटा सदरमुकाममा ०६४ सालमा स्थापना भएको काबेली विकास बैंकले जिल्लाको सिधुवा, हिले, राजारानी र छ नम्बर बुधवारेमा पनि शाखा बिस्तार गरी बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । धनकुटामै स्थापना भएको यो एकमात्र बैंक हो ।

साधारण सभाको भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!