- रासस

भक्तपुर। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

Advertisement

छलफलका लागि सभापति देउवा बिहान ११.३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको थियो । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीका निजी सचिव अनिश दाहालले समसामयिक विषयमा दुई दलका अध्यक्षबीच छलफल भएको बताउनुभयो ।

करिब एक घन्टा भएको भेटमा काँग्रेस सभापति देउवाले मधेस केन्द्रीत दललाई सहमतिमा ल्याएर चुनाव गराउनुपर्नेमा जोड दिँदै संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको उहाँले बताउनुभयो ।

भेटमा एमाले अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन बजेट अघि गर्नुपर्नेमा जोड दिँदै सहमतिका लागि छलफललाई निरन्तरता दिने र अन्य दलसँग छलफल गरेर गतिरोधको निकास निकाल्नेबारेमा छलफल भएको ओलीका निजी सचिव दाहालले जानकारी गराउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!