काठमाडौंमा कार दुर्घटना हुँदा धनकुटाका निरौलाको मृत्यु
काठमाडौं । काठमाडौंको बिजुली बजारमा गएराति कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ ।
दुर्घटनामा परी दुईजना घाईते भएका छन ।
मृतक निरौला धनकुटाको चौबिसे गाउँपालिका–४ स्थायी घर भई हाल काठमाण्डौ बस्दै आएका थिए ।
तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा१६च ८६०३ नंको कार पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको बानेश्वरस्थित ए...
