- रासस

चितवन । निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ जना नेकपाले गठन गरेको सैन्य दस्ताका रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।

एक साताअघिदेखि निर्वाचन विरोधी गतिविधिमा सो पार्टी सक्रिय भएसँगै प्रहरीले नियन्त्रणलाई तीव्रता दिएको छ । सो पार्टीले ठाउँ ठाउँमा पेट्रोल बम प्रहार गर्नाका साथै निर्वाचन विरोधी गतिविधि बढेसँगै सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

जिल्लाका संवेदनशील स्थल र सहरी क्षेत्रका चोक चोकमा प्रहरी तैनाथी बढाइएको छ । उपरीक्षक थापाका अनुसार तीन हजार दुई सय नेपाल प्रहरी र एक हजार दुईं सय ५५ म्यादी प्रहरी परिचालन गरिएको छ । जिल्लालाई १० मुख्य क्षेत्रका रुपमा विभाजन गरेर सुरक्षा मजबुत गराइएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!