- रासस

चितवन। पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्रक खस्दा घाइते भएका दुई जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा हेटाँैडा उपमहानगरपालिका–१४ का अन्दाजी २० वर्षीय सुरज श्रेष्ठ रहेका छन् । सोही ठाउँ घर भएका घाइते २१ वर्षीय सोनाम लामाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

Advertisement

घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडाँैबाट हेटाँैडातर्फ जान आउँदै गरेको ना ५ ख ९९४६ नम्बरको ट्रक आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–४ लेवाटारमा दुर्घटना भएको थियो । ट्रक खस्दै गर्दा झरेर भागेका चालक अझै फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ट्रकमा अन्य व्यक्ति भने नभएको जनाइएको छ । त्रिशूलीमा खसेको ट्रक अझै निकाल्न सकिएको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!