- रासस

गाईघाट (उदयपुर) । उदयपुरको विभिन्न स्थानमा आज परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–५ जाँतेकी १२ वर्षीया तुलसा विक, कटारी नगरपालिका–११ हर्देनीका ४५ वर्षीय भेषबहादुर खत्री र सोही ठाउँका ५५ वर्षीय बलबहादुर बस्नेतको चट्याङ लागेर मृत्यु भएको हो ।

Advertisement

तीनै जनाको आ–आफ्नै घरमा बसिरहेका बेला हावाहुरीसँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसीले बताउनुभयो ।  चट्याङ लागेर गम्भीर घाइते भएकी कटारी–११ हर्देनीकी ३३ वर्षीया कल्पना बस्नेतको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!