धनुका कटेल/संगालोखबर

धनकुटा । धनकुटाको मुलघाटमा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । साँघुरीगढी गाउँपालिका–१ स्थित मुलघाटको पुल नजिक बिहान करिव ९ बजे करेन्ट लागेर स्थानीय ५४ बर्षीय ज्ञान बहादुर राईको मृत्यु भएको हो ।

बिधुतको पोल अड्याउँनका लागि पोलबाट जमिनमा गाडिएको तारबाट करेन्ट लागेर राईको घटनास्थलमै मृत्यु भएको मुलघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेश श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनका अनुसार पुरानो बिधुतको पोल फेर्ने क्रममा बिधुत प्राधिकरणका प्राबिधीकहरुसँगै रहेका राईलाई जमिनमा गाडिएको तारबाट करेन्ट लागेको हो ।

जमिनमा गाडिएको तार बिधुत प्रवाह भईरहेको तारसँग जोडिएकाले करेन्ट लागेको बताईएको छ । करेन्टका कारण मृतक राईको वाँया हात, वाँया खुट्टा, पेट लगायत शरिरका बिभिन्न भाग डढेको छ ।

मृतकको सवलाई पोष्टमार्टमका लागि धनकुटा अस्पताल ल्याईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!