नुवाकोट । रसुवाबाट काठमाडौँ जाँदै गरेको कन्टेनर आज साँझ नुवाकोटको गेर्खुटारमा दुर्घटनाग्रस्त भएको छ । केरुङबाट तयारी पोसाक बोकेर काठमाडौँ जाँदै गरेको ना ६ ख ३३२८ नं को उक्त कन्टेनर दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

Advertisement

दुर्घटनामा परी गम्भीर घाइते भएका कन्टेनर चालक नुवाकोट ककनी गाउँपालिका–६ जुरेथुमका बालकृष्ण लामा र बझाङका सिंहलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

अन्य घाइतेको नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ । ‘ब्रेक फेल’ भएर कन्टेनर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका अधिकांश कपडा व्यापारी रहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!