दाङ। दाङको तुलसीपुरबाट पाँचजना व्यक्ति नक्कली पेस्तोल र चक्कुसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले  तुलसीपुरको बरुवा गाउँ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये तीनजना बालक छन् । तुलसीपुर उपमहानगरपालिका–५ पुरानो बसपार्क निवासी १७ वर्षीय शङ्कर विक, वडा नं ६ बरुवा गाउँ निवासी १४ वर्षीय अजय नेपाली, बरुवा गाउँकै १५ वर्षीय सुरज नेपाली, वडा नं ५ त्रिशिद्धेश्वरी मन्दिरनजिकै बस्ने २० वर्षीय सन्तोष नेपाली पक्राउ परेको इप्रका तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार उनीहरुलाई बरुवा गाउँस्थित गोरखा बोर्डिङ पछाडिको क्षेत्रबाट नक्कली पेस्तोल र चक्कुसहित पक्राउ गरिएको हो । सबैजना मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!