- संगालोखबर सम्वाददाता

हिले । २५६१ औं वुद्ध जयन्तीको अवसरमा वुधवार धनकुटाको हिले वजारमा बिभिन्न कार्यक्रम गरिएको छ । उर्गेन नाम्डु छ्योलिङ्ग गुम्वा हिलेको आयोजनामा गुम्वाका प्रमुख लामा गुरु दोर्जे उक्याप लामाले मलमपाठ गरी (वङ्ग) आशिर्वाद र अमृतमय वचन भक्तजनहरुलाई प्रदान गरी १ सय ८ शान्तिद्धिप प्रज्वलन गरियो । सो अवसरमा हिले वजारमा शान्ति ¥यालीसमेत निकालिएको थियो ।

प्रमुख लामागुरु दोर्जे उक्याप लामाको अगुवाईमा एक दर्जन भन्दा वढी लामा गुरुहरुले हिले वजारमा रहेको उर्गेन नाम्डु छयोलिङ्ग गुम्वा, वौद्ध तेन्गे गुम्वा र थुप्तेन देछेन छयोलिङ्ग गुम्वामा मलम गरी, पुजापाठ गरि शान्तिद्धिपसमेत प्रज्वलन गरेर शान्तिको कामना गरेका थिए ।

Advertisement

उर्गेन नाम्डु छयोलिङ्ग गुम्वामा आयोजित शान्ति प्रवचन कार्यकममा नेपाल तामाङ्ग घेदुङ्गका केन्द्रिय सल्लाहकार वीरवहादुर तितुङ्ग तामाङ्ग, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, घेदुङ्गका पुर्व जिल्ला अध्यक्ष कृष्ण तितुङ्ग तामाङ, सल्लाहकार निरेन तामाङ्ग, हिले वजार व्यावस्थापन समिति अध्यक्ष वुद्ध तितुङ्ग तामाङ, समाजसेवी चिन्तन तामाङ, घेदुङका जिल्ला सदस्य फुर्वा घिसिङ, ताम्वा संघका जिल्ला अध्यक्ष हरिलाल मोक्तान, नेपाल यातयात मजदुर संगठनका अध्यक्ष सिंह तितुङ तामाङ लगायतले गौतम वुद्धको शान्ति उपदेश पालना गर्न सके मुलुक सतमार्गमा लाग्ने र दिगो शान्तिसंगै देशको चौतर्फी विकास हुने विचार व्यक्त गरेका थिए ।

दिप प्रज्वलन गर्नु पुर्व हिले वजारमा वौद्धमार्गीहरुले वौद्ध धर्म दर्शनका वेदका ठेली काँधमा वोकेर भगवान वुद्धलाई (दुक) छाता ओडाएर लामागुरुहरुले मलम पाठ गर्दै वजारका विभिन्न भागको परिक्रमा गरिएको थियो ।

तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!