सिड्नी/एजेन्सी– दुई महिनाकी नाबालिकाले अस्ट्रेलियामा इतिहास रचेकी छन् । आलिया जोए नाम गरेकी ति बालिका संसद चलिरहेका बेला स्तनपान गर्ने पहिलो बालिका बनेकी हुन् ।

Advertisement

हालैमात्र क्विन्सल्यान्ड सिनेटर लारिसा वाटर्सले यी बच्चीलाई जन्म दिएकी थिइन् । वाटर्स अस्ट्रेलियाको ग्रिन पार्टीकी सहउपाध्यक्ष हुन् । मंगलबार उनी संसदमा सुत्केरी विदापछि उपस्थित भएकी थिइन् । संसदमा कारबाहीका क्रममा आलिया भोकाएपछि वाटर्सले उनलाई स्तनपान गराएकी थिइन् ।

यसलाई लिएर वाटर्सले ट्विट गरेकी छन्, ‘मलाई यस कुराको गर्व छ कि मेरी छोरी आलिया संघीय संसदमा स्तनपान गर्ने पहिलो बच्ची बनेकी छन् । हाम्रो संसदमा अरु महिलाको आवश्यकता छ ।’ अस्ट्रेलिया संसदले गत वर्ष महिला सांसदलाई चेम्बरमा नै स्तनपान गराउने अनुमति दिएको थियो ।

यसअघि चेम्बरमा बच्चा लिएर जान रोक थियो । यो नियमलाई बदल्नका लागि वाटर्सले समेत महत्वपूर्ण भूमिका खेलेकी थिइन् । उनले नोभेम्बरमा भनेकी थिइन्, ‘यदि हामी संसदमा अरु महिला चाहन्छौं भने हामीले नियममा उदार बन्नु पर्दछ । जसले हालै बच्चा जन्माएका आमा र बाबु, संसद र बच्चाप्रति आफ्नो भूमिका निर्वाह गर्नमा सन्तुलन ल्याउन सकुन् ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!