- दिवेश खड्का/संगालोखबर

सिधुवा । धनकुटाको सिधुवा बजारमा बुधवार खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएको छ । २५६१ औं बुद्ध जयन्तीको अवसर पारेर सिंहदेवी यूथ क्लव सिधुवाले नृत्य प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

प्रतियोगितामा लालिगुराँस डान्स सेन्टर बसन्तपुर प्रथम, संगीत समाज सेवा युवा क्लव द्वितीय र दीपज्योती जनजागरण युवा क्लव मजुवा तृतीय भएको प्रतियोगिताका निर्णायक सरोज भुजेलले जानकारी दिए । प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमस ५ हजार, ३ हजार र २ हजारसहित ट्रफी र प्रमाणपत्र पाएका छन ।

प्रतियोगिताका बिजयी टिमलाई छथर गाउँपालिकाका प्रतिनिधी निल बहादुर थापा, कार्यक्रमका अध्यक्ष मेघेन्द्र गुरुङ्ग लगायतले पुरस्कार बितरण गरेका थिए । निगाले सिमेन्ट प्रा.लि., सुलभ बचत तथा ऋण सहकारी सस्था र काफ्ले सप्लायर्सले प्रायोजन गरेको प्रतियोगितामा ७ टिम वीच प्रतिष्प्रधा भएको थियो ।

प्रतियोगिताका तस्वीरहरु हेर्नुहोस्…

तस्वीरहरु: संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!