भरतपुरमा च्यातिएको मतपत्रको सङ्ख्या यकिन गरिँदै

भरतपुरमा च्यातिएको मतपत्रको सङ्ख्या यकिन गरिँदै

चितवन। गत आइतबार राति मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार मतपत्रको अवस्थाका बारेमा अध्ययन गर्न उम्मेदवार, तिनका प्रतिनिधि र पार्टीका प्रमुख गरी ४६ जनालाई मात्र छुट्टै अनुमतिपत्रको व्यवस्था गरी प्रवेश गर्न दिइएको छ । च्यातिएका मतपत्रको तथ्याङ्क लिएर निर्वाचन आयोगमा पठाइने उहाँले जानकार...
नेत्री कोइराला कम्बोडिया प्रस्थान

नेत्री कोइराला कम्बोडिया प्रस्थान

    काठमाडौ । कम्बोडियामा हुने संसदीय निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा नेपाली काँग्रेस नेत्री तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला कम्बोडिया प्रस्थान गर्नुभएको छ । कम्बोडियाको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा यही जुन २ देखि ५ तारिखसम्म हुन लागेको संसदीय निर्वाचनमा भाग लिन उहाँ आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो । नेत्री कोइराला एसियाली राजनीतिक ...
बहुमतीय प्रकृयाबाट प्रधानमन्त्री छान्न राष्ट्रपतिको आह्वान

बहुमतीय प्रकृयाबाट प्रधानमन्त्री छान्न राष्ट्रपतिको आह्वान

काठमाडौ। सहमतीय आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आग्रह गर्नुभए पनि सो समयावधिभित्...
तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा

तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा

काठमाडौ। सबै तुइनलाई झोलुङ्गे पुलले प्रतिस्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिस्थापनाअन्तर्गत १७१ मध्ये विभिन्न जिल्लामा २४ झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी अन्तिम चरणमा पुगेको स्थानीय पूर्वाधार विकास तथा तथा कृषि सडक विभागले जनाएको छ । विभागका महानिर्देशक रामकृष्ण सापकोटाले आगामी साउनको अन्तिमसम्ममा निर्माणाधीन सबै झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भइसक्ने जान...
पाँच जातको धान सिफारिस

पाँच जातको धान सिफारिस

दाङ । यस वर्ष जिल्ला कृषि विकास कार्यालयले पाँचवटा जातको धानको बीउ सिफारिस गरेको छ । कार्यालयका अनुसार राम, सावा सब १, सुख्खा ३, सुख्खा ५ र सुख्खा ६ जातका धानको बीउ सिफारिस गरेको हो । कार्यालयको मसिना तथा बास्नादार धान उत्पादन कार्यक्रमअन्तर्गत ती बीउ किसानलाई ७५ प्रतिशत अनुदानमा बिक्री गरिने माटो विज्ञ दिगम्बर यादवले जानकारी दिनुभयो । किसानलाई पाँचवटै जातका बीउ सेवा केन्द्रबाट वितरण गरिने...
भोजपुरमा निर्वाचन विरोधी दुई व्यक्ति पकाउ

भोजपुरमा निर्वाचन विरोधी दुई व्यक्ति पकाउ

भोजपुर। निर्वाचन विरोधी गतिविधि गरेको भन्दै भोजपुरमा दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ । पौवादुङ्मा गाउँपालिका–४ वास्तिमबाट नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्यूरो सदस्य जीवन राई र गाउँ पार्टी सदस्य मानबहादुर राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीहरुले पौवादुङ्मा गाउँपालिका–४ को वडा कार्यालयमा संयुक्त क्रान्तिकारी जनपरिषद्को नाममा बोर्ड लेखेपछि पक्राउ गरिएको भोजपुरका प्रहरी नायब उपरी...
विराटनगर पुनः महानगरपालिका भयो

विराटनगर पुनः महानगरपालिका भयो

विराटनगर । सरकारले विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेपछि विराटनगरवासी पुनः उत्साहित भएका छन् । सरकारले बुधबार विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरेको घोषणा गरेपछि स्थानीय उत्साहित भएका हुन् । असार ८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सरकारले महानगरपालिका घोषणा गरेको लगत्तै सर्वोच्चमा रिट परेपछि विराटनगर पुनः उपमहानगरपालिकामा झरेको थियो । महानगरपालिका बनेको खुसीमा स्थानीयवासीले दीपावल...
एमालेले घोषणा गरेको चितवन बन्द फिर्ता

एमालेले घोषणा गरेको चितवन बन्द फिर्ता

रत्ननगर (चितवन)। नेकपा (एमाले) चितवनले आजका लागि गरिएको जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको छ । चर्काे जनदबाबपछि बन्द फिर्ता गरिएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाको मतगणना अघि नबढाएको भन्दै दबाब दिन एमाले चितवनले आज एक दिन चितवन बन्दको घोषणा गरेको थियो । बन्द नगर्ने प्रतिबद्धता जनाएको एमालेले बन्द आह्वान गरेको भन्दै सामाजिक सञ्जालबाट चर्काे विर...
जिल्ला अस्पतालमा दन्त सेवा सञ्चालन

जिल्ला अस्पतालमा दन्त सेवा सञ्चालन

फलेवास (पर्वत)। जिल्ला अस्पताल पर्वतमा अवरुद्ध भएको दन्त सेवा ६ महिनापछि सञ्चालन भएको छ । अस्पतालमा उपचारार्थ चिकित्सक मुक्ति रानाभाटको सरुवा भएसँगै गएको पुस महिनादेखि दन्त सेवा नै प्रभावित भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय पर्वतको पहलमा स्वास्थ्य सेवा विभागले दन्त रोग विशेषज्ञ चिकित्सक पठाएसँगै दन्त सेवा सञ्चालन भएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । जिल्ला अस्पताल पर्वतमा आइतबारदेखि उक्...
भूमे देवतालाई खुसी बनाउन लिङ्गो जुधाइ

भूमे देवतालाई खुसी बनाउन लिङ्गो जुधाइ

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा परम्परागतरुपमा गरिँदै आएको भूमेथानमा लिङ्गो जुधाइ प्रतियोगिताले यसवर्ष पनि निरन्तरता पाएको छ । प्रकृति पूजाका रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन मङ्गलबार दुई गाउँबीच लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न गरिएको हो । दग्नाममा विगत लामो समयदेखिको इतिहास बोकेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाउने गरेका छन् । द...
कक्षा ११ को परीक्षा असार १ बाट हुने

कक्षा ११ को परीक्षा असार १ बाट हुने

काठमाडाैं । कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने भएको छ । सरकारले जेठ ३१ को दोस्रो चरणको चुनावलार्इ सुरूमा असार ९ र बुधबार असार १४ मा सार्ने निर्णय परेपछि ११ को परीक्षा अगाडि सारिएको हो । राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय छ । स्थानीय तह निर्वाचनका कारण पटक-पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने ता...
सगरमाथामा अक्सिजन चोरको बिगबिगी

सगरमाथामा अक्सिजन चोरको बिगबिगी

सोलुखुम्बु। अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्ने गरेको छ । विदेशी पर्वतारोही र शेर्पाहरु...
खोटाङमा अज्ञात व्यक्तिद्धारा खुकुरी प्रहार गरी महिलाको हत्या

खोटाङमा अज्ञात व्यक्तिद्धारा खुकुरी प्रहार गरी महिलाको हत्या

खोटाङ। अज्ञात व्यक्तिको आक्रमणबाट खोटाङमा एक महिलाको हत्या भएको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको गएराति हत्या भएको हो । घाँस र स्याउला काट्नका लागि जङ्गल पुगेर फर्किदै गरेकी विश्वकर्माको हलेसी–दिक्तेल सडकखण्डको घुम्तीबाट इलाका स्वास्थ्यचौकी हलेसी जाने बाटोमा पर्ने पात्ले टोलमा खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी ...
सिसी क्यामेराको निगरानीमा सदरमुकाम बेँसीसहर

सिसी क्यामेराको निगरानीमा सदरमुकाम बेँसीसहर

बेसीसहर (लमजुङ) । जिल्लाको सदरमुकाम बँेसीसहर अव सिसी क्यामेराको निगरानीमा हुनेभएको छ । बजारको चोकचोकमा सिसी क्यामेरा जडान गरेपछि शान्ति सुरक्षामा सुधार आउने स्थानीयवासीले विश्वास गरेका छन् । लमजुङ उद्योग वाणिज्य सङ्घ बँेसीसहर इकाइको सक्रियतामा सीसी क्यामरा जडान गरिएको हो । जिल्ला न्यायाधीश अर्जुन अधिकारीले आज सिसी क्यामेराको उद्घाटन गर्नुभएको हो । बँेसीसहरको २३ वटा चोकमा जडान गरिएको सिस...
कार्यपालिकाको चुनावमा काँग्रेस–माओवादी गठबन्धन विजयी

कार्यपालिकाको चुनावमा काँग्रेस–माओवादी गठबन्धन विजयी

  जुम्ला। यहाँको तिला गाउँपालिका तथा चन्दननाथ नगरपालिकाको गाउँ÷नगर कार्यपालिकाको चुनावमा काँग्रेस–माओवादी गठबन्धन विजयी भएको छ । तिला गाउँ कार्यपालिकाको महिला सदस्यमा नेपाली काँग्रेसका ब्यूरा नेपाली, सपुरा कामी र नेकपा (माओवादी केन्द्र)का लक्ष्मी रावत (रोकाया) र बाटु बुढा सबैले जम्मा खसेको ४५ मतमा २८÷२८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । दलि...
सय वर्षमा १ लाख बाघ लोप, ३५ सयमात्रै बाँकी

सय वर्षमा १ लाख बाघ लोप, ३५ सयमात्रै बाँकी

सय वर्ष अघिसम्म संसारभरि १ लाख बाघ थिए । सय वर्षपछि ३५ सयको हाराहारीमा मात्रै रहेका छन् । हिजोआज दक्षिण एसियाको १३ देशमा मात्रै बाघ पाइन्छन् । उल्लिखित देशमध्ये झन्डै भारतमा २३ सय र नेपालमा १ सय ९८ बाघ पाइन्छन् । नेपालको सबैभन्दा बढी बाघ चितवनमा पाइन्छ । त्यहाँ १२५ को हाराहारीमा बाघ रहेका छन् । नेपाल, भारत, भुटान, बंगलादेश, कोरिया, ताजकिस्तान, थाइल्यान्ड, श्रीलंका, चीन, मलेसिया, रूस, म्यानम...
निर्वाचनको मिति पुनः सार्न सक्ने हल्लाले निर्वाचन हुने, नहुनेमा शङ्का उपशङ्का

निर्वाचनको मिति पुनः सार्न सक्ने हल्लाले निर्वाचन हुने, नहुनेमा शङ्का उपशङ्का

कैलाली । दोस्रोचरणको स्थानीय तह निर्वाचनको मिति पुनः सार्न सक्ने हल्लाले कैलालीका कतिपय ठाउँका स्थानीयमा चुनाव नै नहुने हो की भनेर शङ्का गर्न थालेका छन् । सरकारले दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको थियो । त्यसपछि गत सोमबार मात्रै सरकारले सो निर्वाचन असार ९ गते हुने मिति तोकिएको छ । अहिले आएर पुनः असार १४ गतेका लागि निर्वाचनको मिति सार्न सकिने हल्ला भएपछि निर्वाच...
राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा सहमतिको सरकार गठनका लागि आज अन्तिम दिन भएकाले यसलाई सदुपयोग गर्न आग्रह गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । “मुलुकको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्नुस्, राष्ट्रिय सहमतिक...
मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा सदन अवरुद्द

मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा सदन अवरुद्द

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा वैशाख १५ गते मतगणनामा खटिएका स्वयम्सेवकले नै मतपत्र च्यातेपछि निर्वाचन अधिकृतको कार्यालयले तत्काल मतगणना स्थगित गरेको थियो । सो घटनाका बारेमा...
बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभा–३ बसोबास गर्ने २३ वर्षीय केशवबहादुर राई र भारतीय नागरिक ३० वर्षीय मोहम्मद साहउद्दिन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई घटनास्थलबाट उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक वसन्तकुम...
३४ वर्षे शिक्षक पेसा छोडेर गाउँपालिका अध्यक्षको उम्मेदवार

३४ वर्षे शिक्षक पेसा छोडेर गाउँपालिका अध्यक्षको उम्मेदवार

 गुल्मी । दोस्रो चरणमा हुने स्थानीय तह चुनावको लागि गुल्मीको प्रतिष्ठित बोर्डिङ्गका प्रीन्सिपल गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन् । सदरमुकाम तम्घासमा रहेको अर्जुन बोडिङ्ग स्कुलका प्रीन्सिपल दानबहादुर केसी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका हुन् । एमाले गुल्मीको बिभिन्न मातहतका कमिटीहरुमा जिम्मेवारी पूर्वक काम गरेका केसीलाई एमालेले उम्मेदवार बनाएको हो । झण्डै ३४ वर्षसम्म प्रीन्सिपलका...
भरतपुर काण्डको रहस्य: मध्यरातमा किन च्यातियो मतपत्र ?

भरतपुर काण्डको रहस्य: मध्यरातमा किन च्यातियो मतपत्र ?

रेणु दाहालको उम्मेदवारीदेखि नै भरतपुर महानगरपालिका चर्चामा आयो । मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर यतिबेला झनै बढी चर्चामा छ । एमालेले निर्वाचन हार्ने निश्चित भएपछि मतपत्र च्यातेको आरोप कांग्रेस र माओवादीले लगाएका छन् । रेणुले मतान्तर कम बनाउँदै लगेकी थिइन्, त्यसैले एमालेहरुले अत्तालिएर मतपत्र च्याते भन्ने आरोप उनीहरुबाट आइरहेको छ । यदि साँच्चै देवी ज्ञवालीले चुनाव हार्दै थिए भने बाँकी रहेका ...
राष्ट्रपति र उपराष्ट्रपतिलाई अब यस्तो सुविधा, कति पाउँछन तलब ?

राष्ट्रपति र उपराष्ट्रपतिलाई अब यस्तो सुविधा, कति पाउँछन तलब ?

काठमाडौं। सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक मंगलबार संसदमा दर्ता गरेको छ । राष्ट्रपति/उपराष्ट्रपतिलाई सरकारको तजबिजी निर्णयका आधारमा उपलब्ध गराउँदै आएको सेवासुविधालाई पारदर्शी बनाउन ऐन बनाउन खोजिएको हो । राष्ट्राध्यक्षको मासिक पारिश्रमिक १ लाख ५० हजार ४ सय ५० र उपराष्ट्रपतिका लागि १ लाख ८ हजार ३० प्रस्ताव गरिएको विधेयकमा दुवै पदाधिकारीका लागि अन्य थुप...
भीरबाट लडेर मृत्यु भएकाको शव पहिचान नहुँदा प्रहरीलाई समस्या

भीरबाट लडेर मृत्यु भएकाको शव पहिचान नहुँदा प्रहरीलाई समस्या

  रसुवा। गत जेठ १२ गते भीरबाट लडेर मृतावस्थामा फेला परेका एकजनाको एउटा शव पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको ग्रे इलाकामा फेला परेको शव कस्को हो पहिचान हुन नसकेको र बेवारिसे शव रसुवा जिल्ला अस्पतालमा राखिएको छ । करिब ३०–३५ वर्षीय ती पुरुष ओखलढुङ्गा, रामेछाप, सिन्धुली वा दोलखा क्षेत्रको हुनसक्ने सबैले अ...
सुतेकै अवस्थामा दुईजना मृत फेला

सुतेकै अवस्थामा दुईजना मृत फेला

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेको अवस्थामा दुईजना मृत फेला परेका छन् । शिखरपुरमा रहेको विपी स्मृति आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको रेखदेख गर्न बसेका हेलम्बु गाउँपालिकाका २६ वर्षीय विष्णु नगरकोटी र मेलम्ची–१० शिखरपुरका १५ वर्षीय सन्तोष मिजार मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानका...
अवैध सम्पर्कबाट शिशु जन्माएर फाल्ने अविवाहित युवती पक्राउ

अवैध सम्पर्कबाट शिशु जन्माएर फाल्ने अविवाहित युवती पक्राउ

सल्लेरी (सोलुखुम्बु) । अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने एक अविवाहित युवती पक्राउ परेकी छिन् । दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी एक १७ वर्षीया युवती पक्राउ परेकी हुन् । सोलुदूधकुण्ड नगरपालिका–६ नयाँबजारनजिकै मङ्गलबार दिउँसो फोहोर फाल्ने स्थानमा राईले डेरामा नै नवजात शिशु (छोरी)लाई जन्म दिएर फालेको प्रहरीको अनुसन्धानबाट खुलेको...
दोस्रो चरणको चुनावको मिति फेरि पनि सर्यो, असार १४ गते निर्वाचन गर्ने सरकारको निर्णय

दोस्रो चरणको चुनावको मिति फेरि पनि सर्यो, असार १४ गते निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो । प्रदेशनम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव हुँदै...
संगालोखबरका सम्पादकसहित दुई पत्रकार पुरस्कृत

संगालोखबरका सम्पादकसहित दुई पत्रकार पुरस्कृत

धनकुटा । सार्वजनिक सरोकार र विकासका विषयमा समाचार मार्फत योगदान पुर्याएको भन्दै संगालोखबर अनलाइनका प्रबन्ध निर्देशक एवं प्रधान सम्पादक रबिन कटेलसहित दुई पत्रकार पुरस्कृत भएका छन । जिल्ला समन्वय समिति धनकुटाले प्रधान सम्पादक कटेल र आर्थिक अभियान दैनिकका धनकुटा सम्बाददाता नारायण कुमार राईलाई जनही दश/दश हजार नगदसहित पुरस्कृत गरेको हो । जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा प्रमुख जि...
धनकुटा नगरमा कांग्रेसका उम्मेदवार घोषणा (नामावलीसहित)

धनकुटा नगरमा कांग्रेसका उम्मेदवार घोषणा (नामावलीसहित)

धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले धनकुटा नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । जिल्ला सदरमुकाममा मंगलबार कार्यक्रम आयोजना गरी कांग्रेसले मेयर, उपमेयरसहित १० वटै वडाका लागि ५१ जना उम्मेदवार घोषणा गरेको हो । कांग्रेसले धनकुटा नगरको मेयरमा दिनेश राईलाई उठाएको छ । राई कांग्रेस धनकुटाका कोषाध्यक्षसमेत हुन । यता उप–मेयरमा कांग्रेसले रेणु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । वडा नम्ब...
सत्र लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ

सत्र लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ

काठमाडौं । सिँचाइमन्त्री दीपक गिरीले आफूले मन्त्रालय सम्हालेपछिको नौ महिनाको अवधिमा चार ठूला कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नियुक्ति भएपछि चार महिना बुझ्न समय लागेको र त्यसपछिको पाँच महिनाको अवधिमा राप्ती तथा बबई नदी नियन्त्रण एवम् व्यवस्थापन कार्य अघि बढेको जानकारी दिनुभयो । सिक्टा सिँचाइ आयोजनाअन्तर्गत राप्ती नदी पूर्वक...
बजेट प्रतिक्रिया : शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव

बजेट प्रतिक्रिया : शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव

काठमाडौ । पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएर ल्याइएको आव २०७४÷७५ को बजेटप्रति पर्यटन व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् तर यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुको जोड छ । पर्यटनको मुख्य पूर्वाधार विमानस्थल निर्माण, पदमार्ग विस्तार तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी आएको बजेट पर्यटन मैत्री रहेको प्रतिक्रिया उनीहरुले दिए । पर्यटन प्रवद्र्धनका कामलाई थप प्रभावकारी बनाउन न...
error: Content is protected !!