काठमाडौं । सिँचाइमन्त्री दीपक गिरीले आफूले मन्त्रालय सम्हालेपछिको नौ महिनाको अवधिमा चार ठूला कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनुभएको छ ।

Advertisement

मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नियुक्ति भएपछि चार महिना बुझ्न समय लागेको र त्यसपछिको पाँच महिनाको अवधिमा राप्ती तथा बबई नदी नियन्त्रण एवम् व्यवस्थापन कार्य अघि बढेको जानकारी दिनुभयो ।

सिक्टा सिँचाइ आयोजनाअन्तर्गत राप्ती नदी पूर्वको नौ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउन ठेक्का कार्य अघि बढेको, रानी जमरा कुलरिया सिँचाइ आयोजना आसपासका सुकुम्बासी बस्ती सार्ने काम र दाङ बृहत्तर सिँचाइ आयोजना अघि बढेको बताउनुभयो ।

भदौ १० गते सिँचाइ मन्त्रीमा नियुक्त हुनुभएका मन्त्री गिरी कामचलाउ सरकारका सिँचाइ मन्त्री हुनुहुन्छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७४÷७५ को राजस्व र खर्चको विवरण (बजेट) जेठ १५ गते व्यवस्थापिका–संसद्मा पेस गरेपछि सिँचाइ मन्त्रालयको अवस्थाका सम्बन्धमा थप जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

मन्त्रालयको चालु आवको वार्षिक बजेट रु २४ अर्ब ४६ करोड २१ लाख पाँच हजार रहेकामा वैदेशिक ऋण तथा अनुदानको हिस्सा रु आठ अर्ब ३३ करोड ३० लाख ५० हजार छ ।

वैदेशिक ऋण तथा अनुदान उपलब्ध गराउने निकायमा विश्व बैंक, एसियाली विकास बैंक, कुबेत फण्ड, साउदी विकास कोष, ओपेक फण्ड र भारत सरकार रहेका छन् ।

देशको कुल २६ लाख ४१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १७ लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ पुगेको छ । सिँचाइयोग्य जमिनमध्ये अहिलेसम्म १३ लाख ९२ हजार १७७ हेक्टर सिँचाइ संरचनाको निर्माण भइसकेको छ जसमा सतह सिँचाइतर्फ सात लाख ८० हजार ४१५ हेक्टर जमिन, भूमिगत सिँचाइतर्फ चार लाख नौ हजार ४६३ हेक्टर र कृषक व्यवस्थित सिँचाइतर्फ दुई लाख दुई हजार ९९ हजार हेक्टर जमिन रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!