रबिन कटेल/संगालोखबर

धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले धनकुटा नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । जिल्ला सदरमुकाममा मंगलबार कार्यक्रम आयोजना गरी कांग्रेसले मेयर, उपमेयरसहित १० वटै वडाका लागि ५१ जना उम्मेदवार घोषणा गरेको हो ।
कांग्रेसले धनकुटा नगरको मेयरमा दिनेश राईलाई उठाएको छ । राई कांग्रेस धनकुटाका कोषाध्यक्षसमेत हुन । यता उप–मेयरमा कांग्रेसले रेणु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । वडा नम्बर १ र ७ मा कांग्रेस र संघीय समाजवादी फोरमवीच चुनावी तालमेल भएर संयुक्त उम्मेदवार उठाईएको काग्रेस सचिव बिजयसन्तोषी राईले जानकारी दिए ।

धनकुटा नगरको उम्मेदवार घोषणा सभामा कांग्रेस उम्मेदवारहरु । तस्वीर: रबिन कटेल/संगालोखबर

उनका अनुसार वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका सन्तोष तामाङ्ग (रुकमान) उम्मेदवार बनेका छन । उक्त वडाको महिला सदस्यमा फोरमकी मनकला लिम्बुलाई उम्मेदवार बनाईएको छ । दलित महिला सदस्यमा कमला शिवा, खुल्ला सदस्यमा नगेन्द्र काफ्ले र शेरबहादुर शाही उम्मेदवार भएका छन । त्यस्तै २ नम्बर वडाको अध्यक्षमा पृथसिंह दाहाल, महिला सदस्यमा दुर्गा ढकाल (बस्नेत) दलित महिला सदस्यमा निर्मला दर्नाल, खुल्ला सदस्यमा पुरन राई र डिल्लीबहादुर दर्लामी उम्मेदवार छन ।

Advertisement

३ नम्बर वडा अध्यक्षमा पदम भण्डारी, महिला सदस्यमा निर्मला मिश्र, दलित महिला सदस्यमा प्रमिला रसाईली, खुल्ला सदस्यमा लोकेन्द्र पराजुली र बासु भण्डारी छन । त्यस्तैगरी ४ नम्बर वडा अध्यक्षमा महेश श्रेष्ठ, महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा दुर्गा बि.क., खुल्ला सदस्यमा गोबिन्द आठपहरिया र प्रकाश तामाङ (टेक) लाई काग्रेसले उम्मेदवार उठाएको छ । ५ नम्बर वडाको अध्यक्षमा धनकुमार राई, महिला सदस्यमा सीता प्रधान, दलित महिला सदस्य अम्बिका परियार, खुल्ला सदस्य रोशन श्रेष्ठ र गोबिन्द राई काग्रेसको तर्फबाट उम्मेदवार उठेका छन ।

यता ६ नम्बर वडाको अध्यक्षमा नरेश श्रेष्ठ उम्मेदवार बनेका छन । महिला सदस्यमा हिरादेवी राई, दलित महिला सदस्यमा मुना रम्तेल, खुल्ला सदस्यमा मिलन खड्गी र बेणु बस्नेत छन । त्यस्तै कांग्रेसले मोहन कुमार श्रेष्ठलाई ७ नम्बर वडा अध्यक्षमा उम्मेदवार बनाएको छ । उक्त वडाबाट महिला सदस्यमा पार्वती राई, दलित महिला सदस्यमा टिका बिश्वकर्मा, खुल्ला सदस्यमा कुमार दाहाल र केदार श्रेष्ठ छन । महिला सदस्यमा संयुक्त प्यानलबाट फोरकी राई उम्मेदवार बनेकी हुन ।

मेयरका उम्मेदवार दिनेश राई र उप–मेयरका उम्मेदवार रेणु श्रेष्ठ । तस्वीर:रबिन कटेल/संगालोखबर

वडा नम्बर ८ को अध्यक्षमा भानुभक्त राई, महिला सदस्यमा आज्ञाश्वरी राई, खुल्ला सदस्यमा लायन सिंह राई र दिल बहादुर राई उम्मेदवार भएका छन । यस वडाको दलित महिला सदस्यमा भने काग्रेसका उम्मेदवार छैनन् । ९ नम्बर वडा अध्यक्षमा सिताराम खत्रि (न्यौपाने), महिला सदस्यमा सर्मिका खत्री, दलित महिला सदस्यमा हरिमाया बि.क., खुल्ला सदस्यमा मकरध्वज राई र तिलक प्रधानलाई काग्रेसले उम्मेदवार बनाएको छ ।

यता १० नम्बर वडामा काग्रेसले भूपराज तामाङ्गलाई उम्मेदवार बनाएको छ । वडाको महिला सदस्यमा शान्ता भट्टराई, दलित महिला सदस्यमा बिमला दर्जी, खुल्ला सदस्यमा सुरेश कुमार श्रेष्ठ र हर्क बहादुर बिष्टलाई काग्रेसले उम्मेदवार उठाएको छ । उम्मेदवार घोषणा सभाअघि धनकुटा बजारमा जुलुश प्रदर्शन गरिएको थियो ।

धनकुटा नगरमा यसअघि नेकपा एमालेले औपचारिक रुपमा उम्मेदवार घोषणा गरी चुनावको तयारीमा जुटेको छ । एमालेले मेयरमा चिन्तन तामाङ्ग र उप–मेयरमा सकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्र लागायत दलले भने औपचारिक रुपमा उम्मेदवार घोषणा गरेका छैनन् ।

धनकुटा नगरपालिकाका काग्रेस उम्मेदवारहरुको नामावली हेर्नुहोस् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!