- संगालोखबर सम्वाददाता

धनकुटा । सार्वजनिक सरोकार र विकासका विषयमा समाचार मार्फत योगदान पुर्याएको भन्दै संगालोखबर अनलाइनका प्रबन्ध निर्देशक एवं प्रधान सम्पादक रबिन कटेलसहित दुई पत्रकार पुरस्कृत भएका छन ।

जिल्ला समन्वय समिति धनकुटाले प्रधान सम्पादक कटेल र आर्थिक अभियान दैनिकका धनकुटा सम्बाददाता नारायण कुमार राईलाई जनही दश/दश हजार नगदसहित पुरस्कृत गरेको हो ।

संगालोखबरका प्रधान सम्पादक कटेललाई पुरस्कृत गर्दै प्रमुख जिल्ला अधिकारी उप्रेती । तस्वीर-संगालोखबर

जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले प्रमाणपत्र र नगद प्रदान गरी दुवै पत्रकारलाई पुरस्कृत गरेका हुन ।

उक्त अवसरमा उत्कृष्ठ बिद्यार्थी, कर्मचारी, ब्यवसायी र बिद्यालयलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!