संगालोखबर

विराटनगर । आजदेखि नयाँ शैक्षिकसत्र सुरु भएको छ । सरकारको निर्णयअनुसार वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो ।

Advertisement

विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएको थियो । सरकारले वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहको सहजिकरणमा वैशाख १५ गतेअगावै विद्यार्थी भर्ना भइसकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयले कानुनविपरीत लिँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन गत चैत २२ गते निर्देशन दिएको थियो । विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र सुरु नभएको तथा शिक्षा नियमावली, २०५९ को नियम ७८ (१) (ग) बमोजिम लब्धाङ्कपत्र लगायत आवश्यक सक्कल प्रमाणपत्रसमेत प्राप्त नभएको अवस्थामा विद्यालयहरूले भर्नाको सूचना प्रकाशन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।

अदालतले शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिकसत्र सुरु भएपछि विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गर्न आदेश दिएको थियो । आदेशमा परीक्षा नतिजा, शैक्षिक सत्र र आवश्यक प्रमाणपत्रबीच समन्वय कायम गर्नुपर्ने उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!