
सुनसरी । सुनसरीको भोक्राहा नर्सिङ गाँउपालिका–४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पिकअपको ठक्करबाट भोक्राहा नर्सिङ –६ का २६ बर्षीय जगदेव मेहताको मृत्यु भएको हो ।
आज दिउँसो करिव २ बजे पश्चिमतर्फ जाँदै गरेको बा.२१ च.५६९४ नम्बरको पिकअपले बिपरित दिशाबाट आईरहेको को.३८ प.३४६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट मेहता गम्भीर घाईते भएका थिए । उपचारका लागि उनलाई जिल्ला अस्पताल ईनरुवा लगिएको थियो ।
उपचारकै क्रममा दिउँसो साढे २ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने पिकअप र चालक सिन्धुलीका सन्तबहादुर पुलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















