संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ का चार जिल्लामा आज ९३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ३२ महिला र ६३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङका ४५, सुनसरीका ३७, झापाका ९ र संखुवासभाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरका ४२ जनामा कोरोना संक्रमण देखिएको छ । २१–२१ जना महिला र पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै, झापाको कनकाईमा २ महिला ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यता, संखुवासभाको खाँदबारीमा १ पुरुष र स्थानीय तह नखुलेकी संखुवासभाकी १ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा हालसमम ८७ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५ सय ३४ जना कोरोना मुक्त भईसकेका छन् । आज पनि ९ जनाले कोरोना जितेका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उनीहरु डिस्चार्ज भएका हुन् ।

प्रदेश १ मा हालसम्म ३२ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएकामध्ये प्रदेश १ का २३ जना छन् भने प्रदेश १ बाहिरका ९ जना रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!