संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको औद्योगिक ग्रामस्थित आईसोलेशन सेन्टरमा रहेका कोरोना संक्रमितलाई उद्योग बाणिज्य संघले मिनिरल वाटर र गुर्जो प्रदान गरेको छ । संक्रमितहरुका लागि संघले स्वच्छ पिउने पानी मिनिरल वाटर र रोग प्रतिरोधात्मक क्षमता बढाउँने गुर्जो जडिबुटी प्रदान गरेको हो ।

Advertisement

धनकुटामा पहिलो पटक आईतबारबाट सञ्चालनमा आएको आईसोलेशन सेन्टरमा १९ कोरोना संक्रमितलाई राखिएको छ । उनीहरुलाई स्वच्छ पिउने पानीका लागि मिनिरल वाटर र रोग प्रतिरोधात्मक क्षमता बढाउँन गुर्जो प्रदान गरिएको संघका अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए । संघको तर्फबाट अध्यक्ष राई र कोषाध्यक्ष रुपेश श्रेष्ठले संक्रमितहरुलाई मिनिरल वाटर र गुर्जो प्रदान गरेका हुन् ।

धनकुटामा आईतबार एकैदिन सबै भन्दा बढी १९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई जिल्लाकै आईसोलेशनमा राखिएको हो । उनीहरुको सम्पर्कमा पुगेका १ सय ९९ जनाको सोमबार स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!