काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको हो ।
मेयर शाक्यको ग्रान्डी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको भएपनि आफुलाई लक्षण नदेखिएको मेयर शाक्यले बताए । उनीसँगै पीसीआर परीक्षण गराएकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
शाक्य अहिले होम आइसोलेसनमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।