
विराटनगर । मोरङको बेलबारीमा पंखा जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बेलबारी–८ की २८ बर्षीया फुल कुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको हो ।
आईतबार बेलुका करिव ६ बजे आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लाग्दा धिमाल बेहोस भएकी थिइन् । उपचारका लागि उनलाई पथरी अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।















