संगालोखबर सम्बाददाता

झापा । झापाको सिवसताक्षीमा भन्सार छली गरेर ल्याईएको ओरीयन्स कम्पनीको करिव ७ लाख मुल्य बराबरको औषधी बरामद भएको छ । शिवसताक्षी नगरपालिका–८ स्थित राजमार्गबाट औषधि बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा आएका ६ जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला परेको हो । औषधि ल्याउँनेहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट ३०७ वटा बट्टामा प्याक गरेर चोरी तस्करी गरी अबैध रुपमा ल्याएको पाईएकाले औषधी र ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

बरामद भएको औषधिसहित पक्राउ परेकाहरुलाई कारवाहीका लागि प्रहरीले मेची भन्सार कार्यालयमा बुझाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!