एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको आज निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत ८४ वर्षीय मुखर्जीको निधन भएको परिवार स्रोतले जनाएको छ ।
उनका छोरा अभिजितिले ट्वीटरमार्फत पूर्वराष्ट्रपति मुखर्जीको निधनको पुष्टि गरेका छन् । फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बनेको थियो ।
सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ ।