संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ राम बजारमा मास्क बैंक सञ्चालन गरिएको छ । महालक्ष्मी नगरपालिका, राम बजार व्यवस्थापन समिति र राम बजार युवा समूहले ‘हुनेले मास्क दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्’ भन्ने नारासहित मास्क बैंक सञ्चालन गरेका हुन् ।

Advertisement

राम बजारमा आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले मास्क बैंकको उद्घाटन गरेका छन् । कोरोनाको संक्रमण बढ्दै गईरहेका बेला सबैले मास्क लगाउँने वातावरण निर्माणका लागि नहुनेलाई मास्क दिने र हुनेबाट संकलन गर्ने उद्धेश्यले मास्क बैंक सञ्चालन गरिएको मेयर नेपालले जानकारी दिए ।

मास्क बैंक नाम दिईएको सो अभियान अन्र्तगत पहिलो चरणमा १ हजार १ सय भन्दा बढी मास्क संकलन भएको छ । निम्न आर्थिक अवस्थाका कारण मास्क किन्न नसक्नेहरुले सो बैंकबाट निःशुल्क मास्क लैजान सक्छन् । साथै, हुनेहरुले सो बैंकमा मास्क प्रदान गर्नेछन् ।

धनकुटामा पहिलो पटक मास्क बैंक सञ्चालन गरिएको हो । कोरोना संक्रमण बढ्दै जाँदा बिभिन्न जिल्लामा पछिल्लो समय फुड बैंक, मास्क बैंक स्थापना गर्ने क्रम बढ्दै गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!