झापामा खोलाले बगाउँदा बृद्धाको मृत्यु

झापामा खोलाले बगाउँदा बृद्धाको मृत्यु

झापा । झापामा खोलाले बगाउँदा बृद्धाको मृत्यु भएको छ । स्थानीय भुतेनी खोलाले बगाएर हल्दीबारी गाउँपालिका–५ की ७२ बर्षिया हरिमाया बेगाको मृत्यु भएको हो । आईतबार राती करिव साढे ८ बजे खोला तर्ने क्रममा उनलाई बगाएको थियो । बगाएको स्थानभन्दा केही तल दहमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अब विद्यालय, जिमखाना र सिनेमा हल पनि खुल्ने

अब विद्यालय, जिमखाना र सिनेमा हल पनि खुल्ने

काठमाडौं । कोरोनाको महामारीका कारण ९ महिनायता बन्द रहेका विद्यालयहरुमा अब पठनपाठन सुचारु हुँने भएको छ । कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको आइतवारको बैठकले विद्यालय लगायत यसअघि बन्द गरिएका सबै क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो । यो निर्णयसँगै विद्यालयसहित जिमखाना र सिनेमा हल पनि खुल्ने भएका छन् । बन्द रहेका अन्य क्षेत्र पनि खुल्नेछन् । तर, कोरोनाको दोस्रो लहरको जोखिम देख...
मोरङमा सुकुम्वासी समस्याको दीर्घकालिन समाधान खोज्न बहस

मोरङमा सुकुम्वासी समस्याको दीर्घकालिन समाधान खोज्न बहस

विराटनगर । मोरङका स्थानीय तहका प्रमुखहरुले भूमिहीन सुकुम्बासीहरुको समस्या समाधानका विषयमा भूमि आयोगसँग छलफल गरेका छन् । आइतबार विराटनगरमा आयोजित अन्तरक्रियामा समस्याको दीर्घकालीन समाधानका विषयमा बहस भएको हो । मोरङका विभिन्न स्थानीय तहहरुमा हजारौंको संख्यामा रहेका भूमिहीन सुकुम्बासीहरुलाई सुरक्षित आवासको प्रबन्ध मिलाउन तथा जग्गाको लालपूर्जा वितरण गर्न भूमि आयोगले नितिगत सुधार गर्नुपर्ने स्थानीय ...
मुक्तिनाथ विकास बैंकले मनायो १५ औं वार्षिकोत्सव

मुक्तिनाथ विकास बैंकले मनायो १५ औं वार्षिकोत्सव

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न कार्यक्रम गरेर १५ औं वार्षिकोत्सव मनाएको छ । स्थापनाको १४ वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रम गरेको हो । वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानका ६ वटा अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको छ । त्यस्तै, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग गर्नुका साथ...
काँग्रेसले सार्वजनिक गर्यो वडा तहसम्मका विरोध कार्यक्रम

काँग्रेसले सार्वजनिक गर्यो वडा तहसम्मका विरोध कार्यक्रम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले वडा तहसम्म आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्म विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएक...
प्रदेश १ का ६९ स्थानीय तहमा अपाङ्गता रोकथाम कार्यक्रम

प्रदेश १ का ६९ स्थानीय तहमा अपाङ्गता रोकथाम कार्यक्रम

विराटनगर । प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम शुरु गरेको छ । गत आर्थिक बर्षदेखि शुरु भएको कार्यक्रम चालु आर्थिक बर्षसम्म आईपुग्दा ६९ वटा स्थानीय तहमा पुयाइएको हो । चालु आर्थिक बर्षमा ३१ वटा स्थानीय तहमा कार्यक्रम शुरु गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका लागि आइतवारदेखि विराटनगरमा तालिम पनि शुरु गरिएकोे ...
प्रदेश १ मा थपिए २४ कोरोना संक्रमित, १३३ डिस्चार्ज

प्रदेश १ मा थपिए २४ कोरोना संक्रमित, १३३ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आइतवार २४ जना कोरोना संक्रमित थपिएका छन् । ३५८ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १३, सुनसरीमा ७, धनकुटामा २ तथा पाँचथर र भोजपुरमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५, उर्लाबारी, पथरीशनिश्चरे र लेटाङमा २/२, रतुवामाई र बेलबारीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको इटहरीमा ६ र कोशी गाउँपालिकामा १ जनामा संक्रमण देखिएक...
मोरङबाट लागुऔषधसहित तीन जना पक्राउ

मोरङबाट लागुऔषधसहित तीन जना पक्राउ

मोरङ । मोरङका तीन छुट्टाछुट्टै स्थानहरुबाट आइतवार दिउँसो लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजे बिराटनगर–१६ बाट सुन्दरहरैचा नगरपालिका–११ का ३२ बर्षीय कुशल चौधरीलाई पक्राउ गरेको छ । उनको साथवाट लुपिजेसिक–६ एम्पुल, एभिल–६ एम्पुल, डाईजेलाब–६ एम्पुल र फेनारगन–६ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तैगरी, इलाका प्रहरी कार्य...
उर्लाबारीमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

उर्लाबारीमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ । मोरङको उलाबारी नगरपालिका–४ आईतबारेमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट मोटरसाईकल चालक दमक नगरपालिका–४ का ३२ बर्षीय प्रदिप कार्कीको मृत्यु भएको हो । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ ख.६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे.६ प.३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा कार्की गंभीर घाईते भएका थिए । कार्कीलाई उपचारका लागि उर्लाबारीस्थ...
महाकाली नदी मिचेर बाँध बाँध्दै भारत

महाकाली नदी मिचेर बाँध बाँध्दै भारत

दार्चुला । महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो । बाढीले निरन्तर पुर्याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो । नेपालले खोलाको किनारभन्दा सरदर सय मिटर वरै तटबन्ध बनाइरहेको थियो । भारतको आपत्ति थियो– ‘सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा हाम्रो भूभाग डुब्न सक्छ । बनाउने भएर अलि परैबाट बनाउनू ।’ नेपालले तटबन्ध अझ वर सा...
कक्षा ११ को पाठ्यक्रम विवाद अदालतमा, ४ लाख विद्यार्थी मारमा

कक्षा ११ को पाठ्यक्रम विवाद अदालतमा, ४ लाख विद्यार्थी मारमा

काठमाडौं । शैक्षिक सत्रको आधा समय सकिनै लाग्दा कक्षा ११ मा पाठ्यक्रम कार्यान्वयनमा अन्योल देखिएसँगै झन्डै ४ लाख विद्यार्थी मारमा परेका छन् । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले आदेश दिएपछि समस्या उब्जिएको हो । केही विद्यालयले नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिरहेका छन् । केहीले पुरानो र नयाँ पाठ्यक्रमलाई समायोजन गरेर शिक्षण गरिरहेका छन् । सरकारले चालु शैक्षिक सत्रदेखि कक्षा ११...
धनकुटामा प्रचण्ड–नेपाल समूहको मशाल जुलुशमा ओली समर्थकको हस्तक्षेप प्रयास (भिडियोसहित)

धनकुटामा प्रचण्ड–नेपाल समूहको मशाल जुलुशमा ओली समर्थकको हस्तक्षेप प्रयास (भिडियोसहित)

धनकुटा । धनकुटामा शनिवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले निकालेको मशाल जुलुशमा केपी ओली समर्थक समूहले हस्तक्षेप प्रयास गरेको छ । संसद् विघटनको विरोधमा अनेरास्ववियूको प्रचण्ड–नेपाल पक्षको अगुवाईमा धनकुटा बजारमा निकालिएको मशाल जुलुशमा ओली समर्थक युवाहरु प्रवेश गरेर जुुलुश बिथोल्ने प्रयास गरेका हुन् । संसद् विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी ग...
प्रदेश १ का तीन जिल्लामा थपिए ३० कोरोना संक्रमित, ९५ डिस्चार्ज

प्रदेश १ का तीन जिल्लामा थपिए ३० कोरोना संक्रमित, ९५ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शनिबार ३० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरीमा ८ र झापामा ६ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको इटहरीमा ४, धरानमा २, रामधुनी र हरिनगरमा १/१, झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमल गाउँपालिकामा १/१ जनामा संक्रम...
झापामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । झापा गाँउपालिका–६ शर्णामतीस्थित भित्री सडकखण्डमा मे.१ त.५९८९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल हिडिरहेकी स्थानीय ४० बर्षीया कुमारी बराईलीको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाईते भएकी बराईलीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...
मोरङ र सुनसरीबाट गाँजासहित तीन जना पक्राउ

मोरङ र सुनसरीबाट गाँजासहित तीन जना पक्राउ

बिराटनगर । मोरङ र सुनसरीबाट गाँजासहित तीन जना पक्राउ परेका छन् । मोरङको केराबारी गाउँपालिका–१० खदम खोलाबाट गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा केराबारी–७ का १७ बर्षीय विशेष राई र १९ बर्षीय बिपिन लिम्बु छन् । ईलाका प्रहरी कार्यालय केराबारीबाट गस्तीमा खटिएको टोलीले शुक्रबार बेलुका २ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको इटहरी उप–महानगरपालिका–९ बाट...
बालकको बीभत्स हत्या

बालकको बीभत्स हत्या

जनकपुरधाम । ‘मेरो सोना राजा, मेरो अभि मलाई छोडेर कहाँ गयौ ?’ ३० वर्षीया रामपुकारी राय ५ वर्षीय छोरो अभिनन्दन खोज्दै भक्कानिँदै थिइन्। छोराहरू जेठो ११ वर्षीय दीपक, माइलो ८ वर्षीय करण र छोरी ८ महिनाकी आरुषीकुमारी साथमै थिए। छिमेकी र आफन्त उनीहरूलाई सम्झाइबुझाइ गरिरहेका थिए। दीपक पनि भक्कानो छाडेर रोइरहेका थिए। करण दाइ दीपकलाई भन्दै थिए, ‘म भाइसँग दुई दिनदेखि खेल्न पाएको छैन। मेरो भाइ ल्याइदेऊ।’ छ...
नेकपा आधिकारिकता र चुनाव चिह्न विवाद: निर्वाचन आयोगले माग्यो थप कागजात

नेकपा आधिकारिकता र चुनाव चिह्न विवाद: निर्वाचन आयोगले माग्यो थप कागजात

काठमाडौं । सत्तारूढ दल नेकपाको आधिकारिकता र निर्वाचन चिह्नको विषय निर्वाचन आयोगमा पुगे पनि आयोगले त्यस सम्बन्धमा कुनै छानबिन थालेको छैन । आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले पेस गरेको कागजातमा केही अपुग भएको भन्दै थप कागजात माग गरेको छ । सत्तारूढ दल नेकपा दुई समूहमा विभाजन भएपछि दुईमध्ये कुन पक्ष आधिकारिक हुने र चुनाव चिह्न कसले पाउने भन्ने बारेमा बहस र विवाद भइरहेको छ । प्...
प्रदेश १ मा थपिए ३५ कोरोना संक्रमित, १४४ डिस्चार्ज

प्रदेश १ मा थपिए ३५ कोरोना संक्रमित, १४४ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १८, मोरङमा ९, सुनसरीमा ६ तथा धनकुटा र इलाममा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमकमा १०, मेचीनगर र कनकाईमा २/२, विर्तामोड, भद्रपुर, अर्जुनधारा र स्थानीय तह नखुलेका १/१ जना जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा ८, धनपालथानमा १, सुनसरीको इनरुवामा ३, इटहरीमा...
भारतीय लहरीको ठक्करबाट जेब्राक्रसिङमा बाटो काट्दै गरेका बृद्धको मृत्यु

भारतीय लहरीको ठक्करबाट जेब्राक्रसिङमा बाटो काट्दै गरेका बृद्धको मृत्यु

बिराटनगर । बिराटनगर महानगरपालिका–३ पिपल चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा बिराटनगर–४ का ७५ बर्षीय राम प्रसाद पोखरेल छन् । बिहान करिव ८ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एनएल ०१ एल ५७८४ नम्बरको भारतीय लहरीले जेब्राक्रसिङमा बाटो काट्दै गरेका पोखरेललाई ठक्कर दिएको थियो । लहरीको ठक्करबाट घाईते भएका पोखरेलको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं ।  स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको हो। प्रतितोला ९४ हजार १०० रुपैयाँमा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलाको ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।  यस्तै तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । बि...
नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै

नयाँ वर्ष इस्वी सन् २०२१ मनाइँदै

काठमाडौं । ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन‍्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप  ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसिय...
एकै गाउँमा डेढ करोडका सुन्तला

एकै गाउँमा डेढ करोडका सुन्तला

पर्वत । सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् । बगैँचा विस्तार र मलजल राम्रो गरे पनि औंशे किराको प्रकोपलगायत कारणबाट सुन्तला ...
नेकपा टुक्रिन कानुनी अड्चन

नेकपा टुक्रिन कानुनी अड्चन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भए पनि कानुनी रूपमा एक छ। कानुनी रूपमा विभाजन हुन कठिनाइ देखिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ मा निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको मितिले पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिएर अर्को दल गठन हुन सक्ने छैन भन्ने उल्लेख भएका कारण नेकपा कानुनी रूपमा विभाजित हुन समस्या भएको हो। तत्कालीन एमाले र माओवादी केन...
धनकुटामा कार्यरत सेनाको मृत्यु प्रकरण: न्याय माग्दै सेनाको पूर्वी पृतनामा प्रदर्शन

धनकुटामा कार्यरत सेनाको मृत्यु प्रकरण: न्याय माग्दै सेनाको पूर्वी पृतनामा प्रदर्शन

इटहरी । धनकुटाको हिलेस्थित नेपाली सेनाको २ नं.बाहिनीमा कार्यरत मेजर हवल्दार पर्शुराम भट्टराईको संकास्पद मृत्युमा छानविन नभएको विरोधमा आफन्तले बिहिबार इटहरीस्थित सेनाको पूर्वी पृतना मुख्यालय अगाडि प्रदर्शन गरेका छन् । घटना भएको सात महिना वितिसक्दासमेत न्याय नपाएको भन्दै परिवार तथा आफन्तले विरोध प्रदर्शन गरेका हुन् । हात–हातमा प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले नेपाली सेनाविरुद्ध नारावा...
प्रदेश १ का चार जिल्लामा थपिए १९ कोरोना संक्रमित, १७६ संक्रमणमुक्त

प्रदेश १ का चार जिल्लामा थपिए १९ कोरोना संक्रमित, १७६ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा विहिबार १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३, झापामा ४, सुनसरी र खोटाङमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरी र विराटनगरमा ३/३, बुढीगंगा र गौरादहमा २/२, ग्रामथानमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको शिवसताक्षीमा २, अर्जुनधारा र विर्तामोडमा १/१, सुनसरीको इटहरी र खोटाङको खोटेहाङ...
आफुबिरुद्ध हस्ताक्षर गर्ने १५ सांसदलाई मुख्यमन्त्री राईले गरे निलम्बन

आफुबिरुद्ध हस्ताक्षर गर्ने १५ सांसदलाई मुख्यमन्त्री राईले गरे निलम्बन

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफुविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १५ जना प्रदेश सांसद्लाई निलम्वन गरेका छन् । आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै राईले सांसदहरुलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १९ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधिएको थियो । स्पष्टिकरणको जवाफ नबुझाउँ...
नेकपा प्रचण्ड–नेपाल समूहको निर्णय: राईलाई हटाएर आचार्यलाई संसदीय दलको नेता चयन

नेकपा प्रचण्ड–नेपाल समूहको निर्णय: राईलाई हटाएर आचार्यलाई संसदीय दलको नेता चयन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रदेश नं. १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ । बहुमत सांसदहरुको बिहिबार बसेको बैठकले मुख्यमन्त्री राईलाई संसदीय दलको नेतावाट हराएर प्रदेश इन्चार्ज भीम आचार्यलाई चयन गरेको हो । बैठकमा ३६ सांसद उपस्थित थिए । प्रदेश १ का ९३ सांसद मध्ये नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाको हस्ताक्षरमा मुख्यमन्त्री रा...
धनकुटामा नेकपाको भ्रष्टाचार र अत्याचारले सीमा नाघिसक्यो: सह-महामन्त्री थापा

धनकुटामा नेकपाको भ्रष्टाचार र अत्याचारले सीमा नाघिसक्यो: सह-महामन्त्री थापा

धनकुटा । नेपाली काँग्रेसका सह–महामन्त्री सुनिल बहादुर थापाले धनकुटामा नेकपाका नेताले भ्रष्टाचार र जनतामाथि अत्याचार गरिरहेको आरोप लगाएका छन् । गृह जिल्ला धनकुटामा वुधवार नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा वोल्दै सह–महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् । धनकुटाका गाउँ–गाउँमा भ्रष्टाचार मौलाएको भन्दै नेता थापाले नेकपाको भ्रष्टाचार र अत्याचारले सीमा नाघिसकेको बताए । ‘धनकुटाका जति ठाउ...
नौ महिनापछि सुरु भयो सवारी लाइसेन्स परीक्षा प्रकृया

नौ महिनापछि सुरु भयो सवारी लाइसेन्स परीक्षा प्रकृया

काठमाडौं । सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा प्रक्रिया सुरु भएको छ । कोरोनाको महामारीका कारण नौ महिना अघिदेखि बन्द रहेको परीक्षा प्रकृया पुनः सूचारु गरिएको हो । लकडाउनका कारण गत चैत ११ गतेवाट लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा बन्द भएको थियो । यातायात व्यवस्था विभागले मंगलवारबाट लाइसेन्सको अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको हो । विभागको बेवसाइटमा राखिएको लिंक...
इलाममा पहाड खनेर निकालियो पानी, बसाई सरेकाहरु गाउँ फर्कन थाले

इलाममा पहाड खनेर निकालियो पानी, बसाई सरेकाहरु गाउँ फर्कन थाले

इलाम । खानेपानी अभाव भएपछि इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर खानेपानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन थालेका छन् । जमिनमुनि करिब १२३ मिटर खनिएको छ । तर, ५० मिटरमुनि नै पानी भेटिएकाले त्यहीँबाट खानेपानी आपूर्ति हुन थालेको छ । लामो बाटो हिँडेर मूलको पानी ल्याउनु पर्ने ब...
मुख्यमन्त्री राईद्वारा ‘चुल्हो भवन’ उद्घाटन

मुख्यमन्त्री राईद्वारा ‘चुल्हो भवन’ उद्घाटन

विराटनगर । विराटनगर–११ मा निर्माण गरिएको किरात राई यायोक्खाको सामुहिक चुल्हो भवनको उद्घाटन गरिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसर पारेर बुधबार नवनिर्मित २ तले भवन उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मुख्यमन्त्री राईले किरात जातीको परम्परागत मुल्य मान्यता र धर्म संस्कृतिलाई जीवन्त राख्न तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न सामुहिक चुल्होले महत्वपूर्ण भूमिका निर्वा...
error: Content is protected !!