संगालोखबर सम्वाददाता

काठमाडौं ।  स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको हो।

प्रतितोला ९४ हजार १०० रुपैयाँमा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलाको ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।  यस्तै तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

बिहीबार सुन तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोवार भएको थियो ।  चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलाको एक हजार ३०० रुपैयाँमा कारोवार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!