संगालोखबर सम्वाददाता

काठमाडौं । सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा प्रक्रिया सुरु भएको छ । कोरोनाको महामारीका कारण नौ महिना अघिदेखि बन्द रहेको परीक्षा प्रकृया पुनः सूचारु गरिएको हो ।

Advertisement

लकडाउनका कारण गत चैत ११ गतेवाट लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा बन्द भएको थियो । यातायात व्यवस्था विभागले मंगलवारबाट लाइसेन्सको अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको हो ।

विभागको बेवसाइटमा राखिएको लिंक अथवा अनलाइनईडीएलआरईजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न मिल्ने व्यवस्था मिलाइएको बिभागले जनाएको छ ।

बिभागका अनुसार कोटा भएको अवस्थामा मात्र फाराम भर्न मिल्नेछ । एकपटक फाराम भरेपछि तोकिएको समयमा नगएमा १५ दिनपछि मात्र पुनः फाराम भर्न पाइनेछ । परीक्षामा अनुत्तीर्ण भएमा ९० दिनपछि मात्र फाराम भर्न पाइने व्यवस्था मिलाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!