संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली काँग्रेसका सह–महामन्त्री सुनिल बहादुर थापाले धनकुटामा नेकपाका नेताले भ्रष्टाचार र जनतामाथि अत्याचार गरिरहेको आरोप लगाएका छन् । गृह जिल्ला धनकुटामा वुधवार नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा वोल्दै सह–महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् ।

Advertisement

धनकुटाका गाउँ–गाउँमा भ्रष्टाचार मौलाएको भन्दै नेता थापाले नेकपाको भ्रष्टाचार र अत्याचारले सीमा नाघिसकेको बताए । ‘धनकुटाका जति ठाउँमा म डुले, त्यहाँ नेकपाका नेता र जनप्रतिनिधिको ज्यादतीले सीमा नाघिसकेको पाए । दमन, अत्याचार र भ्रष्टाचारको सीमा नै छैन ।’ नेता थापाले भने–‘यसको हामीले घोर विरोध गर्नैपर्छ ।’

नेकपाका जनप्रतिनिधिले सरकारी काममा पनि अड्को थापेर जनतालाई आफ्नो पार्टीमा प्रवेश गर्न वाध्य पार्ने गरेको थापाले बताए । ‘वडामा कामका लागि जाँदा पनि पहिले हाम्रो पार्टीको सदस्य बन, अनि काम गर्छु भन्दा रछन् ।’ आफ्नै भोगाई सुनाउँदै थापाले प्रश्न गरे–‘मैले आफ्नै मुगामा घर बनाउँनका लागि नक्सा पास गर्न छ महिना लाग्यो, अरुलाई कस्तो होला ?’

नेता थापाले धनकुटामा नेकपाको सर्ववत्तावादी सोचका कारण दमन र अत्याचार मौलाएको जिकिर गरे । कोरोनाको महामारीका बेला जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्न आफ्नै जिल्ला आउँन खोज्दासमेत नेकपाका सांसदले प्रशासनलाई प्रयोग गरेर अवरोध गरेको थापाले गुनासो गरे । ‘मैले हेलिकप्टरवाट स्वास्थ्य सामाग्री लिएर आउँन खोज्दा रोक्ने प्रयास गरियो । सामान लिएर जाँदा समस्या हुँने गृह मन्त्रालयबाट खबर आयो । हेलिकप्टर ल्याण्ड हुन नदिने भएपछि सेनाको हेलिकप्टरमा पठाउँनु पर्यो ।’ गुनासो गर्दै थापाले भने–‘यो सबै हेर्दा मलाई उत्तर कोरियामा छु कि, क्यूमामा छु, जस्तो लाग्यो ।’

नेकपाका नेता र सांसदले जिल्लामा आफु पनि काम नगर्ने र अरुलाई पनि काम गर्न अवरोध गरिरहेको उनको आरोप छ । अनुदान र सरकारी काममा पनि पक्ष–विपक्ष हेर्ने गरिएको भन्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रममासमेत नेकपाका कार्यकर्तालाई मात्र काम दिइएको आरोप लगाए । उनले धनकुटामा नेकपा नेताको व्यवहारलाई सर्वसत्तावादी चिरित्रको संज्ञा दिए ।

फरक प्रशंगमा थापाले संविधानमा हुँदै नभएको अधिकारको हवला दिएर असंवैधानिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको दोहोर्र्याए । काँग्रेस निर्वाचनवाट नडराउँने दावी गर्दै थापाले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय फिर्ता नगराएमा बैशाखमा हुँने चुनावमा जुट्ने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!