मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने २१ जना पक्राउ
विराटनगर । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा घुसपैठ गरेर मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने २१ जना पक्राउ परेका छन् । मोरङको विराटनगर र जहदाबाट १० जना, पथरी शनिश्चरेबाट ६ तथा उर्लाबारीबाट ५ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी-७ का रविन सुन्दास छन् । यस्तै पथरीशनिश्चरे नगरपालिका-१ का चन्द्र कार्की, द...




























