बन्दको असर : गाडीको सिसा फुटाइयो
चितवन।नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गको खैरहनी चोकमा एक यात्रुवाहक बसको सिसा फुटाएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सर्लाहीको बरहथवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख १०८५ नंको बसमा तिनले ढुङ्गा प्रहार गरेका थिए ।
बिहान २।४५ बजे स्कुटरमा चढेर आएका दुई जनाले पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित खैरहनी चोकमा गुडिरहेको गाडीमा ढुङ्गा प्रहार गरेको प्...
