दमक। नागरिकता कीर्ते मुद्दाका दमक–२ का फरार एक आरोपी कारागार चलान भएका छन्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक–२ बस्ने ३९ वर्षीय नरबहादुर खड्कालाई आइतबार कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको हो।

Advertisement

जिल्ला अदालत झापाले २०७२ जेठ ३ गते खड्कालाई नागरिकता कीर्ते मुद्दामा एक वर्ष छ महिना कैद सजाय सुनाएको थियो।

प्रहरीले खड्कालाई लुकिछिपी गरेको अवस्थामा घरबाटै पक्राउ गरी आइतबार नै अदालतमा पेश गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। अदालतको आदेशले खड्कालाई कैद भुक्तानका लागि कारागार चलान गरिएको उनले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!