तनहुँ।  व्यास नगरपालिका कार्यालय तनहुँले आर्थिक वर्ष ०७४र ७५ को लागि ८० करोड ७१ लाख ७७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

व्यास नगरपालिकाको २७ औ एवं स्थानीय तहको पुर्नसंरचना पछिको पहिलो नगरसभामा प्रस्तुत नीति बजेट तथा कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बजेट प्रस्तुत गरेका हुन् ।

Advertisement

जसमध्ये आन्तरिक स्रोतबाट ६ करोड ७८ लाख ५७ हजर, बाह्य स्रोतबाट वित्रीय समानीकरण अनुदान रु ३२ करोड २० लाख ३ हजार, सशर्त अनुदान रु. ३१ करोड २७ लाख ८३ हजार, नगर विकास कोष ऋण रु ७ करोड १५ लाख, विशेष अनुदान रु ८५ लाख ३४ हजार र सडक वोर्ड नेपालबाट रु ४५ लाख गरी कूल रु ७१ करोड ९३ लाख २० हजार रहेको  छ । अन्यमा लागत सहभागिता नगद रु २ करोड रहेको छ ।

त्यसैगरी  व्ययतर्फ कर्मचारी तलबभत्ता, जनप्रतिनिधी वैठक भत्ता, अन्य सुविधा, कार्यालय संञ्चालन संम्वन्धि खर्च, मर्मत, विभिन्न सीपमूलक तालिम गोष्ठी, सेमिनार खर्च, परामर्श तथा अन्य सेवा शुल्क अनुगमन मूल्याङकन तथा भ्रमण खर्च ऋणको व्याज भुक्तानी र विविध खर्च जस्ता चालु खर्चको लागि चालुखर्च तर्फ ३६ करोड २१ लाख ७८ हजार ८ सय विनियोजन गरिएको छ । त्यसैगरी पँुजिगत खर्च शिर्षकमा ४४ करोड ४९ लाख ९८ हजार २ सय विनियोजन गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!