काठमाडौं।दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएलगत्तै नेपाल बन्दको श्रृङखला सुरु भएको छ ।

Advertisement

निर्वाचन लगत्तै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेर बन्दको श्रृंखला सुरु गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय चुनावका बेला प्रहरीले आफ्ना सयौ नेता कार्यकर्ता गिरफ्तार गरी झुठा मुद्धा लगाएको विरोधमा असार २७ गते नेपाल बन्द आव्हान गरेको जनाएको छ ।

सो पार्टीेका प्रवक्ता प्रकाण्डले  जारी गरेको विज्ञप्तिमा देउवा सरकारको जनार्दन गृहप्रशासनले कथित स्थानीय निर्वाचनको बहानामा पक्राउ गरेका आफ्ना पार्टीका नेता कार्यकर्तालाई गैर कानुनी थुनछेक र भुठा मुद्धामा फसाउने पडयन्त्र गरेको आरोप लगाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!