काठमाडौं।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार त परको कुरा– सचिवालय  निर्माण र सल्लाहकार समेत नियुक्त गर्न नसकेको भनि चर्चा भइरहेको बेला आज एक सल्लाहकार नियुक्ति गरेका छन् ।

Advertisement

देउवाले परराष्ट्र सल्लाहकारको नियुक्ति गरेका हुन् ।  मन्त्रिपरिषदको सोमबार बसेको बैठकबाट परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरिएको हो ।

देउवाले सचिवालय र प्रेस सल्लाहकार अझैं चयन गर्न सकेका छैनन् ।  प्रधानमन्त्रीमा चयन भएको ३४ दिन बितिसक्दा पनि देउवाले  सचिवालय लगायतका आवश्यक नियुक्रिमा ढिलाई गरेका हुन् ।   देउवा गत जेठ २३ गते प्रधानमन्त्रीमा चयन भएका थिए  ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!