काठमाडौं, २७ असार। दोस्रो चरणको निर्वाचनमा कम्तीमा २५ स्थानीय तहमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ ।
सोमबार बसेको स्थायी समिति बैठकले चुनावी सफलता र अनपेक्षित परिणामको समग्र समीक्षासहितको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन जिल्ला कमिटिहरुलाई निर्देशन दिएको छ ।
दोस्रो चरणको निर्वाचनमा कम्तीमा एक सय ७० तहमा जित हात पर्ने अनुमान गरेको एमालेले एक सय ५१ स्थानमा प्रमुख पद जितेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।