काठमाडाैं। नेपाल प्रहरीका पुर्व आइजिपी खड्गजित बरालको नाति पुजनले म्यादी प्रहरीमा रहदाँ पाएको तलव प्रहरी कोषमा नै जम्मा गर्ने घोषणा गरेका छन्।

Advertisement

 उनले म्यादी प्रहरीबाट पाएको सबै तलव ७८ हजार ८ सय ६३ रुपैयाँ  प्रहरी कल्याण कोषमा नै जम्मा गर्ने बताएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताए।

स्थानीय निकायको पहिलो चरणको चुनावमा उनी काठमाडौंबाट म्यादी प्रहरीमा भर्ती भएका थिए। पुजनले प्रहरी प्रधान कार्यालयमा सोमबार दिउँसो आफूले पाएको तलव प्रहरी कोषमा नै जम्मा गर्न लागेका हुन्।

उनका बाबुआमा दुवै जना डाक्टर हुन् । बाबु डा रञ्जित बराल बल्खुस्थित बयोधा अस्पतालमा मुटु रोग र आमा प्राडा ज्योति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रसुती तथा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!